एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपालका लागि पाकिस्तानका राजदूत सयैद हैदर शाह आइतबार ओली निवास बालकोट पुगेका छन् । नेपाल र पाकिस्तानको दुई पक्षीय सम्बन्धलाई थप सुदृढ पार्नका लागि शाह ओलीलाई भेट्न पुगेको दूतावासले जानकारी दिएको हो । भेटका क्रममा राजदूत शाहले ओली प्रधानमन्त्री हुँदा दुई देशबीचको सम्बन्धलाई अघि बढाउन खेलेको भूमिकाको स्मरण गरेका थिए । त्यस्तै, शाहले सार्कको पुनर्स्थापना गर्नका लागि अध्यक्ष ओलीले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।अध्यक्ष ओलीले भविष्यमा पनि नेपाल र पाकिस्त