सरकारले आज प्रतिनिधिसभा र राष्ट्रियसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट संसदमा नीति तथा कार्यक्रम पेस गरेकी हुन् । आगामी आर्थिक वर्षको बजेटको पूर्व सन्ध्यामा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत भएको हो ।राष्ट्रपति भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उत्पादनमूलक उद्योगलाई विशेष प्राथमिकता दिइएको छ । कार्यक्रममा उद्योग स्थापनाका लागि चाहिने आवश्यक वातावरण बनाउनेदेखि उत्पादन र उपभोगको दशक अभियान सञ्चालन गर्ने सम्मका विषय समेटिएक