चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका प्रकाश तामाङले नेपाली काँग्रेसका उम्मेदवार द्रोण गुरुङलाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् । ५ वर्षअघिको स्थानीय तह निर्वाचनमा मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुरको मतगणना विवादमा तानिएको थियो । पछि सर्वोच्च अदालतको आदेशको बलमा भरतपुर–१९ मा पुन मतदान भएको थियो । त्यतिबेला वडा नम्बर १९ मा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १५४४ मत पाएकी