कारबाहीबारे माधव पक्षको प्रतिक्रिया– एमाले फुटाउन ओली आतुर देखिनुभयो

नेकपा एमालेको माधव नेपाल पक्षले आफ्नो पक्षका नेताहरूमाथि कार्वाही गरेर अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउन हतार गरेको प्रतिक्रिया जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, झलनाथ खनालसहित ११ नेतामाथि साधारण सदस्य नरहने गरी कार्वाही गरेको थियो ।  माधव नेपाल पक्षका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले स्पष्टीकरण र कारवाहीको कुनै अर्थ नभएकोले आफूहरुले दुख मनाउ नगर्ने बताए । ‘अध्यक्ष ओलीले जसरी पनि एमाले फुटाउने कसम खानु भएको छ, त्यसैको उपज हो नेताहरुमाथिको...

सम्बन्धित सामग्री

ओली–माधव सम्बन्ध : फुक्यो बोली, एकीकरण सम्भावना कति ?

काठमाडौँ : प्रमुख राजनीतिक शत्रुका रूपमा एकअर्काविरुद्ध उत्रिँदै आएका दुई वामपन्थी दल नेकपा एमाले र एकीकृत समाजवादीबीचको सम्बन्ध सुधारोन्मुख देखिएको छ।नयाँ गठबन्धन निर्माणसँगै पानी बाराबारको स्थितिमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीचको सम्बन्ध सुधारोन्मुख बनेको हो।साढे दुई वर्षअघि एमालेबाटै विद्रोह गरेर माधव नेपालले एकीकृत समाजवादी बनाएपछि ओली-माधवले तिखो प्रहार मात्रै होइन, कथंकदाचित् एउटै मञ्चमा भेटिँदासमेत एकअर्कालाई उपेक्षा गर्थे। केही दिनअघ

माधव नेपाललाई फकाउन ओली–प्रचण्ड माधव निवास कोटेश्वरमा

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको निवास कोटेश्वरमा पुगेका छन् । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले एमालेसँग नयाँ गठबन्धन बनाएकोमा अध्यक्ष नेपाल असन्तुष्ट छन् । पार्टी विभाजनपछि सार्वजनिक रुपमाका ओली–नेपालले पहिलो पटक भेटवार्ता गरेका छन् । यद्यपि […]

देउवाको दायाँबायाँ ओली र माधव–प्रचण्ड

एमाले अध्यक्ष केपी शर्मा ओली तिक्तता पूर्ण सम्बन्ध रहेका दुई कम्युनिस्ट नेता माधव कुमार नेपाल र प्रचण्डसँगै देखिएका छन् । ओली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका हुन् । सोही कार्यक्रमा नेपाल र प्रचण्डपनि सहभागी भएको सन्दर्भमा मञ्चको दृश्य रोचक देखिन्छ । मञ्चमा ओली काँग्रेस सभापति शेरबहादुर देउवाको दायाँतिर रहेका छन् भने नेपाल र प्रचण्ड देउवाको बाँयाँतिर रहेका छन् । ओलीले माधव नेपालको पार्टीलाई राजनीतिक पार्टीको हैसियत नै स्वीकारेका छैनन् भने प्रचण्डसँग पनि उनको सम्बन्ध र

माधव नेपालविनाको एमाले हुन्न, केपी ओली प्राइभेट लिमिटेडः गगन थापा

काठमाडौं, १७ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले माधवकुमार नेपालविनाको एमाले हुनै नसक्ने टिप्पणी गरेका छन् । उनले अहिलेको एमालेलाई केपी ओलीको भजनमण्डलीको संज्ञा दिए । ‘माधव नेपालविनाको एमाले हुन्न,’ आज काँग्रेस महालक्ष्मी नगरपालिकाले आयोजना गरेको दिपावलीको शुभकामना आदानप्रदानमा बोल्दै भने,‘केपी ओली प्राइभेट लिमिटेड हो ।’ अहिलेको एमालेमा ओलीको भजन गाउनेहरु मात्र भएको […]

विगतमा ओली थिए माधव नेपालको भरपर्दा सहयोगी

नयाँ दल गठनसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीचको ३३ वर्षे लामो सहकार्य टुटेको छ । अध्यक्ष ओली र एमाले समाजवादी बनाएका नेता नेपालबीचको सम्बन्ध विगतमा सौहाद्रपूर्ण भए पनि पछिल्लो अवस्थामा तिक्ततापूर्ण रह्यो । विगतमा नेपालको प्रमुख सहयोगी रहेका ओली पछिल्लो समय नेपालको विश्वास जित्न नसक्नुले दूरी बढ्दै गएको देखिन्छ । उनीहरूबीचको सहकार्य र संघर्ष २०४५ सालदेखि देखिनेगरी सुरु भएको छ । २०४८ सालमा झापा क्षेत्र ६ र २०५९ सालमा झापा क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा ओली निर्वाचित भएका ओली २०५१ देखि २०५२ सम्म गृहमन्त्री थ...

ओली बिनाको एमाले बनाउने विषयमा माधव समूहमा छलफल

काठमाडौं। नेकपा एमाले माधव कुमार नेपाल समूहको बैठकमा एमालेमै बसेर केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने विषयमा छलफल भएको छ। सांसद मटमणि चौधरीकाअनुसार केन्द्रीय र संसदीय समितिमा बहुमत पुग्ने आंकलन गर्दै ओली बिनाको एमाले बारे छलफल भएको छ।उनले भने, ‘आजको बैठकमा मुख्यतः सरकारमा जाने कि नजाने, कानुनी आधार के छ, नयाँ पार्टी बनाउने कि पार्टीभित्रै बसेर ओलीलाई हटाउने विषयमा छलफल भयो।’

तस्बिरमा माधव–झलनाथलाई पार्टीबाट निष्किासित गर्ने एमाले बैठक

नेकपा (एमाले) को सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेताहरु । सो बैठकले एमाले नेता झलनाथ खनाल र माधव कुमार नेपाललगायत ११ जनालाई पार्टीबाट निष्कासित गरेको छ ।

ओली सरकार टिकाउने नटिकाउनेबारे मसँग कसैले कुरा गरेको छैन : माधव नेपाल

नेकपा (एमाले) वरिष्ठ नेता माधव कुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकार टिकाउने नटिकाउने भन्ने विषयमा आफूसँग कसैले छलफल नरहेको बताएका छन्।...

ओली बीमाले भैसके, एमाले त यहाँ छ– माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पूर्व एमाले एक हुनुपर्छ भन्ने केपी शर्मा ओलीको भ्रममा विश्वास नगर्न आग्रह गरेका छन् । नेकपा प्रचण्ड–नेपाल पक्षले भृकुटीमण्डपमा बुधवार आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली एमाले नभएर बीमाले भइसकेको समेत बताए । 'कसैले एमाले-एमाले एक हुनुपर्छ भने विश्वास नगर्नुस् साथीहरू, केपी ओली बीमाले भैसके, एमाले यहाँ छ,' अध्यक्ष नेपालले भने, 'त्यो ओली फाउन्डेसनबाहेक केही होइन । पूर्व एमाले साथीहरूल...