माधव नेपालविनाको एमाले हुन्न, केपी ओली प्राइभेट लिमिटेडः गगन थापा

काठमाडौं, १७ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले माधवकुमार नेपालविनाको एमाले हुनै नसक्ने टिप्पणी गरेका छन् । उनले अहिलेको एमालेलाई केपी ओलीको भजनमण्डलीको संज्ञा दिए । ‘माधव नेपालविनाको एमाले हुन्न,’ आज काँग्रेस महालक्ष्मी नगरपालिकाले आयोजना गरेको दिपावलीको शुभकामना आदानप्रदानमा बोल्दै भने,‘केपी ओली प्राइभेट लिमिटेड हो ।’ अहिलेको एमालेमा ओलीको भजन गाउनेहरु मात्र भएको […]

सम्बन्धित सामग्री

नेपथ्यको कन्सर्टमा रमाए केपी ओली र गगन थापा

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेपथ्यको कन्सर्टमा रमाएका छन् । शनिबार साँझ भृकुटीमण्डपमा आयोजित कन्सर्ट हेर्न उनी पत्नी र केही सहकर्मी सहित भृकुटीमण्डप पुगेका थिए । पुसको चिसोमा पनि ओलीले पुरै कन्सर्ट चाख दिएर हेरेका थिए । कन्सर्टमा ओलीको अलावा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा एमाले नेतृ कोमल ओली, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायतको समेत सहभागिता रहेको थियो । साँझ ६ बजे सुरु भएर ८ बजे सकिएको मानव सेवा आश्रमको सहयोगार्थ आयोजित कन्सर्टमा नेपथ्यले दर्शकलाई आफ्ना चर्चित गीतहरूले झुमाएको थियो । उल्लेख्य दर्शकको सहभागिता रहेको कन्सर्टमा नेपथ्यका गायक अमृत गुरुङले आफ्नो ब्यान्डका लोकप्रिय...

केपी ओली, गगन थापा र विश्वप्रकाश शर्मा पोखरा आउँदै

पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा पोखरा आउने भएका छन् ।

कांग्रेस र एमालेका शिर्ष नेताहरुबीच छलफल सकियो, के गर्यो निर्णय ?

नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शिर्ष नेताहरुबीच भएको छलफल सकिएको छ । वालुवाटार स्थिति प्रधानमन्त्री निवासमा भएको छलफलमा  संसद्को गतिरोध अन्त्य र राजनीतिक निकासबारे छलफल भएको बताईएको छ ।छलफलपछि प्रतिक्रिया दिदै संचारमन्त्री ज्ञानेन्द्र कार्कीले संसद खुलाउने र संसदलाई ब्यबस्थित ढंगले  चलाउने विषयमा छलफल भएको र एमालेले आफ्नो पुरानै माग दोहोर्याएको बताए । उनले एमालेले बैठकको अवरोध खुलाउने प्रतिवद्दता नजनाएको पनि बताए । यद्यपि उनले भोलि बस्ने समसद बैठकमा एमसीसीमाथिको प्रारम्भिक छलफल सुरु हुने बताए । उनले भने 'सरकार बन्न बहुमत चाहिन्छ, यदि कसैले सरकार मै रहेर सरकारले ल्याएको प्रस्तावमा मतबिभाजन गर्छ भने त्यस्तो सांसदको के काम?, सरकारले ल्याएका कुनै पनि प्रस्ताव पास नहुने अवस्था आउंछ  । तर भोलि संसदमा एमसीसीमाथिको प्रारम्भिक छलफल सुरु हुन्छ ।' कांग्रेस र एमालेका शिर्ष नेताबीच आज दिउँसो पनि छलफल भएको थियो  ।   कांग्रेस र एमालेबीच बिहीबार साँझ पनि वार्ता भएको हो । बैठकमा कांग्रेसको तर्फबाट प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए । एमाललेबाट अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी थिए। सत्ता गठबन्धनमा भएका अरु दलले एमसीसीमा साथ नदिए पछि कांग्रेसले एमालेको साथ खोजेको छ ।

एमसीसी राष्ट्रघाती भए भीम रावलले केपी ओली मुर्दावाद भन्नुपर्छ: गगन थापा

काठमाडौँ, ८ फागुन: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले अमेरिकी सहायता परियोजना (एमसीसी)को विरोध गर्नुअघि आफ्नै दलका अध्यक्षहरूको विरोध गर्नुपर्ने बताएका छन् । संसद् भवनबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थापाले केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी सम्झौता संसदमा दर्ता गरेको तथा पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव […]

एमसीसी संसदको बैठकको विषय किन बनिरहेको छैन ?

एक दशकअघि हस्ताक्षर भएको झन्डै ६० अर्ब रुपैयाँ बराबरको अमेरिकी आर्थिक अनुदान सहायता एमसीसी संसद्‌बाट पारित गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयासमा सत्ताधारी गठबन्धनकै नेताहरू तयार नदेखिएको भन्ने विवरणहरूका माझ यो विषय फेरि एक पटक सार्वजनिक बहसमा आएको छ।पाँच दलीय सत्ताधारी गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता संस‌द्‌बाट पारित गर्ने प्रक्रिया अघि बढाउन प्रस्ताव गर्दा गठबन्धनका अन्य दलहरूले अध्ययनका लागि समय मागेको भन्ने विवरणहरू सार्वजनिक भएका छन्।एमसीसीबारे छिटो निर्णय लिन अमेरिकी ताकेता भइरहेको समाचारका आइरहँदा संसद् बैठक भने माघ २६ गतेसम्मका लागि स्थगित गरिएको छ।एमसीसीका कतिपय प्रावधानका विषयमा फरक मत राख्दै आएका सत्ताधारी गठबन्धनका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी दलका नेताहरूको अनुरोधमा संसद् बैठक पर धकेलिएको नेताहरूले बताएका छन्।दलहरूको अलमलसन् २०१२ मा नेपाल र संयुक्त राज्य अमेरिकाबीच हस्ताक्षर भएको एमसीसी सम्झौता विसं २०७६ असारमा केपी ओली नेतृत्वको सरकारले संसद्‌मा मा प्रस्तुत गरेको थियो।तर एमसीसीको विपक्षमा रहेका नेताहरू सत्ताधारी दलमै रहेका अवस्थामा सरकारले एमसीसीबारेको संसदीय प्रक्रियामा अघि बढाएन। नेकपा विभाजनसँगै प्रमुख प्रतिपक्ष दल बनेको एमाले एमसीसीमा आफ्नो समर्थनबारे मौन बस्दै आएको छ।“आफूले गरेको सम्झौता कति वर्षपछि अहिले आएर अध्ययन गर्न कार्यदल बनाउँछ सत्ता गठबन्धन,” नेकपा एमालेको संसदीय दलका उपनेता सुवास नेम्बाङ भन्छन्।“उहाँहरूसँग संसद्‌बाट पारित गर्ने हैसियत छ यस्तो अवस्थामा प्रतिपक्षीले के गर्छ भनेर सोध्ने हो र?”उनले सरकारले संसद्‌मा सम्झौता पेस गरिएपछि मात्रै एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने दोहोर्‍याए।एमसीसीबारे राजनीतिक दलहरूसँगै सार्वजनिक मञ्चहरूमा व्यक्त टिप्पणीहरूपनि परस्पर विरोधी प्रकृतिको देखिने गरेको कारण सत्ताधारी र प्रतिपक्ष दुवै दलहरू उक्त विषय आगामी निर्वाचनको एजेन्डा बन्नेमा सजग रहेको विश्लेषकहरूले बताउने गरेका छन्।“संसदमै छलफल गरिनुपर्छ”एमालेको समर्थन नभएसम्म यो सम्झौता संसद्‌बाट अघि बढाउन सरकार तयार नदेखिएको बताइन्छ।तर नेपाली कांग्रेसका महामन्त्री गगन थापा एमसीसीबारे संसद्‌मा छलफल भएपछि मात्रै सहमतिको प्रयासमा सरकार जुट्नु उपयुक्त हुने बताउँछन्।“यसलाई बाहिर कचल्टाउने भन्दा यो विषयलाई संसद्‌मा ल्याऊँ। बरु संसद्‌मा ल्याइसकेपछि यसलाई रातारात पारित गर्ने बाटोतिर लाग्नै हुन्न सदनभित्र पनि यसमा पुरै छलफल हुनुपर्छ। आवश्यक पर्‍यो भने समितिमा लगेर छलफल गर्नुपर्छ,” नेता थापाले बीबीसी नेपाली न्युजसँग भने।आवश्यक पर्‍यो भने नागरिकसँग समेत संवाद गर्नुपर्ने भन्दै थापा सबैभन्दा पहिले संसद्‌मा यो छलफलको विषय बनाइनुपर्ने बताउँछन्।एमसीसी संसद्‌को विषय भइसकेकाले यसबारे संसद्‌मै छलफल भएर निर्णय हुनुपर्ने प्रतिपक्षी एमालेका नेता नेम्बाङको पनि भनाई छ।“यो संसद्‌को बिजनेस भइसकेको कुरा हो। अब अहिले उहाँहरू हुनुहुन्छ। उहाँहरू संसदीय प्रणाली नै मान्नुहुन्छ क्यारे अहिले उहाँहरूको बहुमत छ यसलाई अघि बढाउन के ले रोक्यो?,” नेम्बाङले भने।कहिले गठबन्धन त कहिले कार्यदलका नाममा यो विषय सत्ता गठबन्धनले नै अलमलमा पारिरहेको प्रतिपक्षी एमालेको आरोप छ।सभामुखको भूमिकातर यथास्थितिमा एमसीसी अघि बढाउन माओवादी तयार नदेखिएको र माओवादीबाटै सभामुख बनेका अग्निप्रसाद सापकोटाले यसअघि राखेका भनाइले पनि एमसीसी संसदमा अघि बढाउन उनको सहयोग हुने कुरामा सन्देह पैदा भएको कांग्रेस नेताहरूले बताउने गरेका छन्।“सरकारले आफूले संसदभित्र प्रवेश गराउन चाहेको विषय पनि सभामुखले प्रवेश गराउने कि नगराउने भनेर त्यसमा आफ्नो स्वविवेकी अधिकार प्रयोग गर्ने कि नगर्ने भनेर जुन खालको परम्परा स्थापित गर्न कोसिस भयो वा हुँदै छ यसले संसदीय व्यवस्थाको मर्म नै मार्छ,” नेता थापा भन्छन्।सापकोटाले यसअघि साझा सहमति नबनेसम्म एमसीसी संसदबाट अघि बढाउन नहुने धारणा सार्वजनिक गरेका थिए। तर पछिल्लो समय उनले एमालेले जारी राखेको संसद् अवरोध खुला भए एमसीसी अघि बढ्न सक्ने बताउने गरेका छन्।“सरकारले पेस गरिसकेपछि त्यसलाई अघि बढाउने काम सभामुखले गर्नुपर्छ सभामुखको अधिकारको यो विषय नै होइन,” नेम्बाङ भन्छन्।“सरकारले पठायो भन्ने बित्तिकै जे जे माग्नुपर्नेछ सरकारसँग कागजपत्र मागेर सदनमा पेस गरेर त्यसलाई अघि बढाउने काम गर्नुपर्छ। सदनले पास गर्छ फेल गर्छ त्यो कुनै सभामुखको विषय होइन।”‘दलहरूका अध्ययन समितिमा अलमल नगरौँ’अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक खड्ग केसी पर्याप्त छलफल र अध्ययन नगरी एमसीसी सम्झौतामा हस्ताक्षर गरेका कारण अहिले समस्या आएको बताउँछन्।एमसीसीसँगै नेपालको अन्तर्राष्ट्रिय छवि समेत जोडिएका कारण यसबारे राष्ट्रिय सहमति र दलहरूको एउटै मत हुनुपर्ने उनी बताउँछन्।अझै पनि राष्ट्रिय सहमति निर्माणका लागि दलहरूका अध्ययन समितिमा अलमल गर्नु भन्दा स्वतन्त्र विज्ञहरूको समितिबाट अध्ययन गरिनु उचित हुने उनको धारणा छ।“राष्ट्रिय सहमति निर्माणको लागि पार्टीले बनाएको भन्दा पनि एउटा स्वतन्त्र समिति बनाएर त्यसका कुराहरूलाई एक पटक बहसमा ल्याएर अमेरिकासँग समय लिएर भए पनि संसद्‌बाटै पारित गर्नुपर्ने रहेछ भने पनि त्यसरी जानुपर्छ,” केसी भन्छन्।नेपालमा संविधान निर्माणदेखि धेरै विषयहरू संसद् बाहिर भएका छलफलका निर्णयबाट भएका कारणले गर्दा यो विषयमापनि संसद्‌मा पर्याप्त छलफल हुनेमा संशय रहेको केसी बताउँछन्। -बिबिसीबाट साभार