काठमाडौँ : प्रमुख राजनीतिक शत्रुका रूपमा एकअर्काविरुद्ध उत्रिँदै आएका दुई वामपन्थी दल नेकपा एमाले र एकीकृत समाजवादीबीचको सम्बन्ध सुधारोन्मुख देखिएको छ।नयाँ गठबन्धन निर्माणसँगै पानी बाराबारको स्थितिमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीचको सम्बन्ध सुधारोन्मुख बनेको हो।साढे दुई वर्षअघि एमालेबाटै विद्रोह गरेर माधव नेपालले एकीकृत समाजवादी बनाएपछि ओली-माधवले तिखो प्रहार मात्रै होइन, कथंकदाचित् एउटै मञ्चमा भेटिँदासमेत एकअर्कालाई उपेक्षा गर्थे। केही दिनअघ