बैतडी : बैतडीमा खोरेत रोग प्रकोपका रूपमा देखा परेको छ। यहाँका विभिन्न स्थानमा घरपालुवा पशुमा खोरेत रोगको प्रकोप देखिएको हो।जिल्लाका चार स्थानीय तहमा खोरेत रोग देखा परेको भेटरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताए। पाटन नगरपालिका वडा नं ५, दशरथचन्द नगरपालिका वडा नं ७, मेलौली नगरपालिका वडा नं २ र पञ्चेश्वर गाउँपालिका वडा नं ५ र ६ मा घरपालुवा पशुमा खोरेत रोगको प्रकोप देखिएको हो।उनले भने, ‘गाई, भैंसी, गोरु, बाख्रा लगायतका घरपालुवा जनावरमा खोरेत