काठमाडौं : नेत्रविक्रम चन्द समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी सहयाेग परियोजना एमसिसी अगाडि नबढाउन चेतावनी दिएका छन्। एमसिसी सम्झौताविरुद्ध काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘एमसिसी सम्झौता गर्ने गल्ती गरिसक्नुभएको छ। अब यो अगाडि बढाउने बल नगर्नुहोस्। जनताले दलालहरूलाई छानीछानी फाल्नेछन्। जनताको भूमरिमा नपर्नुहोला।’देउवा नेतृत्वको सरकार आफैमा संकटको भूमरीमा परेको उनको भनाइ छ। एम