स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै विभिन्न सात राजनीतिक दलहरूले डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्स (डि.एस. ए.) घोषणा गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सामाजिक एकता पार्टी, नेकपा समाजवादी, नेपाल दलित पार्टी, जनवादी मोर्चा नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, गणतान्त्रिक संयुक्त मोर्चा नेपाल र नेकपा राष्ट्रवादी पार्टीले संयुक्त रूपमा डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्सको घोषणा गरेका हुन् । देशमा भ्रष्टाचार र कुशासन बढेको साथै सरकारमा रहेका राजनीत