नेपालको भौगोलिक विविधताका कारण पहाडमा जाडो हुँदा तराई झर्न सकिन्छ भने तराईमा गर्मी हुँदा पहाड उक्लिन सकिन्छ । चिसोको बेला हिमपात हुने हिमाली र पहाडी जिल्लाका वासिन्दा तराईतिर झर्ने गर्छन् ।
जुम्लाको सिजा गाउँपालिका–६ रुगाका बिर्खबहादुर रोकाया ‘बिर्खे’ जाडो छल्न तराईतिर झरेको मौकामा गाउँमा उत्पादन भएका जडीबुटी, भेडा च्याङ्ग्राका रौंबाट बनाइएका कपडाहरू बिक्री गर्छन् ।
३३ वर्ष लागेका बिर्खे प्रत्येक वर्ष जाडोको समयमा तराई र पहाडका कम चिसो हुने जिल्लामा जाने गर्छन् । उनी जुम्लाबाट हेटौंडा, काठमाडौंसम्म ...