रसुवा : आज मकर संक्रान्ति तथा माघे संक्रान्ती पर्वका अवसरमा नेपालकै एकमात्र मौलिक प्रतियोगिता र परम्परा मानिने गोरु जुधाई जात्रा फरक नमुनाको रुपमा लिने गरिन्छ।करिब एक सय पचास बर्ष पहिले नुवाकोट तारुकाबाट सुरु गरिएको गोरु जुधाई जात्रा अहिले सांस्कृतिक पर्वकै रुपमा बिभिन्न जिल्लामा मनाउन लागिएको छ।चाकु, तरुलजस्ता मिठामिठा परिकार खाएर मनाइने यो पर्व गोरुको घमासान घम्साघम्सी भएको मनोरञ्जन लिन रसुवा र नुवाकोट जिल्लाको सिमाना रहेको ऐतिहासिक धार्मिक तिर्थस्थल वेत्रावतीमा बर्षौ देखि हजारौंको संख्य