एक सातामै गोलभेँडाको मूल्य आधाले घट्यो, किसान मारमा

गोलभेँडाको शहर भनेर चिनिने सर्लाहीका किसान एक सातामै गोलभेँडाको मूल्य आधाले घटेपछि मारमा परेका छन् । उत्पादनको मध्ययाममा गोलभेँडाको मूल्य ह्वात्तै घटेको हो । एक साता अघिसम्म यहाँका किसानले गोलभेँडा प्रतिक्रेट एक हजार भन्दा बढीमा बिक्री गरेका थिए । आज किसानले गोलभेँडा एक क्रेटको ४५० देखि पाँच सय रुपियाँमा बिक्री गरिरहेका छन् । यसरी निरन्तर मूल्य ओरालो लाग्दा गोलभेँडाको उत्पादन लागत नै नउठने अवस्था आएको किसानको गुनासो छ । गोलभेँडाको मूल्य ह्वात्तै घट्दा ठूलो मार परेको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरका किसान उदय पाख्रिनले गुनासो गर्नुभयो । ‘पाँच बिघामा लगाएको गोलभेँडामध्ये भर्खर ३०-३५ हजार रुपियाँको बेचेको छ तर बजारमा मूल्य आधा भन्दा बढीले घटिसक्यो’, पाख्रिनले निराश हुँदै भन्नुभयो, ‘यसैगरी दिनहुँ मूल्य घट्यो भने उत्पादन लागत समेत उठ्ने अवस्था छैन् ।’ थोरै उत्पादन हुँदा किसानले गोलभेँडाको राम्रो मूल्य पाएपनि अहिले अत्यधिक उत्पादन हुन थालेपछि मूल्य घटेको हो । उत्पादन बढिरहेकाले गोलभेँडाको मूल्य अझै ओरालो लाग्ने अवस्था रहेको किसानहरुले बताएका छन् । सुरुमा थोरै उत्पादन हुँदा र खेती सक्किने बेला राम्रो मूल्य पाएपनि यो समयमा बर्सेनि गोलभेँडाको मूल्य घट्ने गरेको हरिवन नगरपालिका–२, अत्रौलीका किसान बाबुलाल दोङले बताउनुभयो ।‘बजारमा धेरै भित्रिएको बहानामा व्यापारीले हरेक वर्ष यो समयमा गोलभेँडाको मूल्य घटाउँदा किसान मारमा पर्ने गरेका छन्’, उहाँले भन्नुभयो ।

सम्बन्धित सामग्री

किसानलाई धानको मूल्य पाउनै सकस

महँगी चुलिएका बेला सरकारले धानको समर्थन मूल्य उचित निर्धारण नगरेको भन्दै किसान चिन्तित भएका छन्। महँगी सुहाउँदो समर्थन मूल्य नभएको र किसान थप महँगीको मारमा पर्ने भन्दै बाँकेका किसान चिन्तित भएका हुन्।...

फेरि पनि मारमा किसान

हरेक वर्ष रासायनिक मलको अभाव हुँदै आएका बेला सरकारले एकातिर रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरेको छ भने अर्कातिर रासायनिक मलको मूल्य साबिकभन्दा महँगो बनाएर उल्टै किसानलाई थप मारमा पारेको छ । मूल्यवृद्धि हुँदाको बखतसम्म रासायनिक मल किनिसकेका किसानलाई केही सहज भए पनि समयमा मल नपाएका कृषक थप मारमा पर्ने भएका छन् । युरिया […] The post फेरि पनि मारमा किसान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धानको मूल्य बढ्दा किसान खुशी, उपभोक्ता मारमा

पोखरिया । धानको उचित मूल्य वृद्धि नहुँदा किसानले राहत नपाएको बताएका छन् । धानको मूल्य गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल ३ सय रुपैयाँले वृद्धि भएपछि किसानले राहत पाएका छन् । भारतले धान निकासीमा कोटा तोकेसँगै भारतमै मूल्यवृद्धि भएपछि नेपालमा धानको मूल्य पनि गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल ३ सय रुपैयाँसम्मले बढेको छ । धानको मूल्य बढेसँगै प्रतिकिलो ४८ मा पाइने सोना मन्सुली चामलको मूल्य अहिले ५८ पुगेको छ । त्यस्तै ५० रुपैयाँ किलोमा पाइने मन्सुली चामलको मूल्य ६४ र पहिले ६८ रुपैयाँ किलोमा पाइने जिरा मसिनो चामलको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ । धानको पकेट क्षेत्र मानिने पर्सालगायत मधेश प्रदेशका किसान धानले उचित नपाउँदा मारमा पर्दै आएका थिए । तर, यसपालि मूल्य बढ्दा केही भए पनि राहत पाएको वीरगञ्ज महानगरपालिका–३०, लालपर्साका किसान सीताराम प्रसाद बताउँछन् । धानको उत्पादनमा लाग्ने खर्चभन्दा विक्री गर्ने रकम जहिले पनि कम हुने गरे पनि यसपालि भने थोरै भए पनि खुशी भएको उनले बताए । उनी भन्छन्, ‘म अहिले ६५ वर्षको भएँ, १६ वर्षकै उमेरदेखि धान खेती गर्दै आएको छु । मेहनत र लगनका कारण फसल पनि राम्रै हुने गरेको छ तर फसल राम्रो उब्जाउन खाद पनि समयमा नपाउने, महँगोमा पाइने, भारतबाट ल्याउँदा दुःख पाउने, आनो देशमा नपाइने अवस्था छ । बिजोग छ । त्यसमा पनि फसल उब्जाइहाले बेच्न समस्या । यस्तोमा अलि कति भए पनि धानको मूल्य वृद्धि हुँदा खुशी नै छौं हामी किसान तर यो पर्याप्त चाहिँ छैन ।’ पर्साको सबैठवा–४ का अर्का किसान किसमतिया देवी भन्छिन्, ‘धान उत्पादन गर्न सिँचाइका लागि पानी किनेरै हाल्नुपर्ने, खाद पनि महँगो पर्ने, पानी नपर्दा झन धानखेतीलगायत सबै खेती नै महँगो पर्ने हुँदा धानको उत्पादन लागत बढेको छ । केही मात्रामा राहत भए पनि पर्याप्त भने छैन । सरकारले अझ सोच्नुपर्ने हुन्छ ।’ धानको मूल्य वृद्धिमा किसानले खुशी व्यक्त गरिरहँदा उपभोक्ताले भने मारमा परेको बताएका छन् । धानमा प्रतिक्विन्टल ३ सय रुपैयाँसम्म मूल्य वृद्धि हुँदा चामलमा प्रतिकिलो १५ देखि २५ रुपैयाँसम्म मूल्य वृद्धि भएकाले आफूहरु मारमा परेको उपभोक्तले गुनासो गरेका हुन् । वीरगञ्ज महानगरपालिका–१२ मुर्लीकी सरितादेवी कुर्मी चामलको मूल्य अचानक बढेपछि भान्सा व्यवस्थापनका लागि धेरै नै समस्या भइरहेको गुनासो गर्छिन् । भारतले नेपालका लागि चालू आर्थिक वर्षमा ६ लाख टन मात्रै धान निकासी गर्ने कोटा निर्धारण गरेकाले भारतमै धानको मूल्य बढेपछि नेपालमा पनि धानको मूल्य बढेको हो । धानसँगै चामलको मूल्य पनि बढेपछि उपभोक्ता मारमा परेका हुन् । रासस

सर्लाहीका गोलभेडा किसान मारमा

सर्लाही । गोलभेडाको मूल्य निकै सस्तो भएपछि सर्लाहीका किसान मारमा परेका छन् । बजारमा भारतीय गोलभेडा भित्रिएपछि यहाँका स्थानीय किसानले उत्पादन गरेको गोलभेडाले बजार नपाएको हो । किसानले गोलभेडा प्रतिक्रेट १ सय ५० देखि दुई सय रुपैयाँमा बिक्री गरिरहेका छन् । एक क्रेटमा २५ किलो गोलभेडा हुन्छ । गोलभेडा प्रतिकिलो ६ देखि ८ रुपैयाँमा बेच्नुपर्दा […]

गोलभेंडाको उचित मूल्य नपाउँदा सर्लाहीका किसान मारमा

सर्लाही : गोलभेंडाको उचित मूल्य नपाएपछि सर्लाहीका किसान मारमा परेका छन्।केही दिन अघिसम्म यहाँका किसानले गोलभेंडा प्रतिक्रेट एक हजारभन्दा बढीमा बिक्री गरेका थिए। अहिले किसानले गोलभेंडा एक क्रेटको ४५० देखि पाँच सय रुपियाँमा बिक्री गर्न बाध्य भएका छन्।एक क्रेटमा जम्मा २५ किलो हुन्छ। यसरी निरन्तर मूल्य ओरालो लाग्दा गोलभेंडा खेती गरेका किसानको उत्पादन लागत नै नउठ्ने अवस्था आएको किसानको गुनासो गरेका छन्।गोलभेंडाको मूल्य ह्वात्तै घट्दा ठूलो मार परेको हरिवन नगरपालिका–३ डाबरीका किसान लेख आले मगरको

समयमै उखुको मूल्य नतोक्दा किसान मारमा

काठमाडौं । सरकारले समयमै मूल्य नतोक्दा उखु किसान मारमा परेका छन् । किसानले उखु क्रसिङ सुरु गरिसक्दा पनि सरकार मूल्य तोक्न अलमल गरेको छ । उखु क्रसिङ सकेर हिउँदे बाली लगाउने चटारोमा रहेका किसान मूल्य बिना उखु क्रसिङ गर्न बाध्य भएका छन् । किसानले मंसिरको दोस्रो सातादेखि नै उखु क्रसिङ गर्न थालिसकेका सर्लाहीका उखु किसान […]

बिचौलियाको मारमा किसान

गुल्मीमा बिचौलियाका कारण किसान निरन्तर मारमा परिरहेका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ बम्घाका आलु उत्पादक किसान बिचौलियाको मारमा परेका हुन् ।आफूले उत्पादन गरेको आलुको मूल्य आफैले तोक्न नपाउने किसान राधिका गिरीले गुनासो गरिन् । “हामीले मूल्य तोकेमा पैंचो पसलले आलु खरिद गर्दैन्” उनले भनिन्, “आफूलाई जति मन लाग्छ, पैंचोले त्यति तोकेर लैजाने […]

दूधको मूल्य वृद्धि एक सातासम्म कार्यान्वयन भएन, किसान मारमा

नेपाल सरकारले दूधको मूल्य बढाउने निर्णय गरे पनि कार्यान्वय नहुँदा किसान मारमा परेका छन्। निर्णय कार्यान्वय नहुँदा किसानहरुले पुरानै मूल्यमा दूध बिक्री गर्न बाध्य छन्।...

दूधको भन्दा पेट्रोलको मूल्य दोब्बर, किसान मारमा बिचौलिया मालामाल

काठमाडौं, २० माघ । दूध प्रतिलिटर ९० रुपैयाँ पुग्ने भएको छ । सरकारले कच्चा दूधको मूल्य प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरेसँगै उपभोक्ता मूल्य कम्तिमा १० रुपैयाँ बढाउन डेरी उद्दोगहरुले दबाब दिएसँगै ९० रुपैयाँ पुग्ने सम्भावना देखिएको हो । दूग्ध विकास संस्थान डीडीसीले हाल उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ तोकेकोमा बजारमा प्रतिलिटर ८० रुपैयाँ तिर्ने गरेका […]

अदुवाले मूल्य नपाएपछि सल्यानका किसान चिन्तित

सल्यान : सल्यानको प्रमुख नगदेबालीको रुपमा रहेको अदुवाले मूल्य नपाएपछि किसान चिन्तित बनेका छन्।वर्षेनी अदुवाको मूल्य ओरालो लागेपछि किसान झनै मारमा परेका छन्। गत वर्ष ५० रुपैयाँ किलोसम्म बिक्री गरेका किसानहरु यस वर्ष भने ३० रुपैयाँ किलो कारोबार भएपछि मारमा परेका हुन्।  अदुवाको मूल्य लगातार घट्दै जाँदा व्यावसायिक अदुवा खेती गर्ने किसानहरुको संख्या घट्दै गएको शारदा नगरपालिका– ७ रामेखोलाका किसान कृष्ण बुढाथोकीले बताए।बजार मूल्य नै पाउन छाडेपछि विगतका वर्षहरुमा १० रोपनीसम्म अ