कोरोनाभाइरसले एकपटक पुनः सबैको मुश्किल बढाइदिएको छ । कोरोनाको नयाँ रुप निकै संक्रामक छ र अलिकतिको लापरवाही पनि महामारीलाई निम्तो दिनुसरह हो । बारम्बार हात धुनु, मास्क लगाउनु र सामाजिक दुरीका साथै तपाईंले खानपिनमा पनि धेरै नै ध्यान दिन आवश्यक छ किनभने राम्रो डाइटले नै प्रतिरोधी क्षमता बलियो हुनेछ र तपाईंले आफूले आफैंलाई कोरोनाबाट बचाउन पाउनुहुनेछ । डब्ल्यूएचओले कोरोनाबाट बच्नका लागि कस्ता खानपिन आवश्यक छ भन्नेबारे जानकारी दिएको छ ।कोरोनाबाट बच्नका लागि कस्तो छ डाइटःआफ्नो डाइटमा विभिन्न प्रकारको त