नेष्डोको सञ्चालक समितिमा हमाल निर्वाचित

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व हुने २ जना सञ्चालकमध्ये पर्वतका विप्लवजंग हमाल निर्विरोध निर्वाचित भएका छन् । संस्थाको प्रवन्धपत्रबमोजिम ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ । उक्त ७ सदस्यीय सञ्चालक समितिमा ४ जना संस्थापक समूहबाट, एक जना स्वतन्त्र सञ्चालक र २ जना सर्वसाधारण समूहबाट समितिमा प्रतिनिधित्व रहने व्यवस्था […]

सम्बन्धित सामग्री

मध्यभोटेकोसीमा चारजना सञ्चालक निर्वाचित

मध्यभोटेकोसी जलविद्युत् आयोजनाको सञ्चालक समितिमा सर्वसाधारणका तर्फबाट चारजना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको दसौँ र एघारौँ वार्षिक साधारणसभाले सर्वसाधारण समूहको तर्फबाट रामकुमार थेबे, रमा खड्का, भूमिनन्द अर्याल र गोविन्दप्रसाद पराजुली...

बुटवल पावर कम्पनीमा तीन जना सञ्चालक नियुक्त

काठमाडौं । बुटवल पावर कम्पनीको सञ्चालक समितिमा तीन जना सञ्चालकहरू नियुक्त भएका छन् । कम्पनीको पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाले सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट दिनेश हुमागाई र वीणा राणालाई निर्वाचित गरेको हाे । साथै सोही सभाले स्वतन्त्र सञ्चालकमा तीर्थमान शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको नेप्सेमार्फत जानकारी दिइएको छ।

शिवम् सिमेन्ट्सको नयाँ सञ्चालक समितिमा ५ जना, अध्यक्षमा गौरव गोयल

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले  नयाँ सञ्चालक समिति चयन गरेको छ ।  कम्पनीको पुस २९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पाँच सञ्चालक निर्वाचित भएका थिए । सभाले आगामी चार वर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई नयाँ सञ्चालकमा निर्वाचित गरेको छ । निर्वाचित नया सञ्चालकहरूको पहिलो बैठकले गौरव गोयललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । हाल कम्पनीमा एक जना स्वतन्त्र सञ्चालकसहित ६ सदस्यीय सञ्चालक समिति रहेको छ । नेपाल सरकारका पूर्व सचिवसमेत रहेका चन्द्र कुमार घिमिरे सञ्चालक समितिमा स्वतन्त्र व्यवसायिक विशेषज्ञको पदमा नियुक्त छन् । सभाले घिमिरेलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णयलाई समेत अनुमोदन गरेको छ ।   सभाले सञ्चालक निर्वाचनसँगै प्रस्तावित कुल १० दशमलव ५३ प्रतिशत नगद लाभांशसमेत पारित गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ४ अर्ब ४० करोडको आधारमा १० दशमलव ५३ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गरेकाले पुस १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र नगद लाभांश प्राप्त गर्नेछन् । यस वर्ष कम्पनीले हालसम्मकै कम लाभांश वितरण गरेको हो ।  कम्पनीले वितरण गरेको पाँच ओटा आर्थिक वर्षको लाभांशको तथ्याङ्कलाई हेर्दा गत वर्ष हालसम्मकै उच्च लाभांश वितरण गरेको थियो । गत वर्ष कम्पनीले २९ प्रतिशत कर समेत लाभांश वितरण गरेको थियो।

नेष्डोको संचालक समितिमा हमाल निर्वाचित

काठमाडौं, २ साउन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडमा सर्वसाधारण समूहवाट प्रतिनिधित्व हुने २ जना सञ्चालक मध्ये पर्वतका विप्लव जंग हमाल निर्विरोध निर्वाचित भएका छन । संस्थाको प्रवन्धपत्र बमोजिम ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ। उक्त ७ सदस्यीय सञ्चालक समितिमा ४ जना संस्थापक समूहवाट, १ जना स्वतन्त्र सञ्चालक र २ जना सर्वसाधारण समूहवाट […]

जसपाका केन्द्रीय सदस्य वडा सदस्यमा निर्वाचित

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई खोटाङको साकेला गाउँपालिका-२ रतन्छाको वडा सदस्य निर्वाचित भएका छन् । २५ वर्षअघि भएको स्थानीय निकायको निर्वाचनबाट रछन्छाको गाविस अध्यक्ष चुनिएका राई यसपल्ट वडा सदस्यमा निर्वाचित भएका हुन् । उनले ३२५ मत पाएका छन् ।कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको गठनबन्धनको सहमतिअनुसार उनी जिल्ला समन्वय समितिमा जानेगरी वडा सदस्यमा उठेका हुन् । उनी २०६४ र २०७० को संविधानसभा सदस्यमा पनि उठेका थिए ।केही समयअघि मात्र उनी दिक्तेल बहुमुखी क्याम्पसको सञ्चालक

गरिमा क्यापिटलको छैठौं साधारण सभा सम्पन्न, ५ जना सञ्चालक निर्वाचित

वैशाख १२, काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत शुक्रवार पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ठ काठमाडौंमा उक्त सभा सम्पन्न भएको हो । सभाले असार मसान्तसम्म कायम चुक्तापूँजी ११ करोड ८१ लाखको १५ दशमलव ६५ प्रतिशत (कर प्रयोजनसहित) हुन आउने रकम रू. १ करोड ८४ लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृति दिएको छ । त्यसैगरी उक्त सभामा संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन पनि भएको छ । सञ्चालकमा निर्वाचित हुनेमा दिपक पाण्डेय, रमाकान्त बराल, यादवकुमार श्रेष्ठ, माधव प्रसाद उपाध्याय र अनिल श्रेष्ठ नियुक्त भएका हुन् । त्यस्तै सञ्चालक समितिको अध्यक्षमा दिपक पाण्डेय मनोनित भएका छन् ।

युनाइटेड मोदी हाइड्रोपावरमा दुई जना सञ्चालक निर्विरोध निर्वाचित

चैत १, काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सञ्चालक समितिमा दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारण शेयरधनीको तर्फबाट रेनुका पाण्डे र रोमन दंगाल निर्विरोध निर्वाचित भएको कम्पनीले नेप्से मार्फत जानकारी दिएको हो । कम्पनीको फागुन २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट दुई जना सञ्चालक निर्वाचित भएका हुन् ।

प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस दिने

प्राइम कमर्सियल बैंकको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशतका दरले हुने २५७.३२ करोड बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद १ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ […]

बंगलादेश बैंकको सञ्चालकमा ६ जना निर्वाचित

नेपाल बंगलादेश बैंकको नयाँ सञ्चालक समितिमा ६ जना निर्वाचित गरका छन् ।बैंकको २७ औं साधारणसभा तथा सञ्चालक समितिको निर्वाचनबाट ४ वर्षे कार्यकालको लागि संस्थापक समूहबाट ३ जना सर्वसाधारण समूहबाट ३ सहित ६ जना सञ्चालक निर्वाचित भएका छन् ।सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जनामा एआरएम नजमुस शकिब, एम शाह आलम सरवर र क्यामरुन नहर […]