वैशाख १२, काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत शुक्रवार पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ठ काठमाडौंमा उक्त सभा सम्पन्न भएको हो ।
सभाले असार मसान्तसम्म कायम चुक्तापूँजी ११ करोड ८१ लाखको १५ दशमलव ६५ प्रतिशत (कर प्रयोजनसहित) हुन आउने रकम रू. १ करोड ८४ लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृति दिएको छ ।
त्यसैगरी उक्त सभामा संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन पनि भएको छ । सञ्चालकमा निर्वाचित हुनेमा दिपक पाण्डेय, रमाकान्त बराल, यादवकुमार श्रेष्ठ, माधव प्रसाद उपाध्याय र अनिल श्रेष्ठ नियुक्त भएका हुन् । त्यस्तै सञ्चालक समितिको अध्यक्षमा दिपक पाण्डेय मनोनित भएका छन् ।