नेपाल पनि जलवायु परिवर्तनको चपेटामा

काठमाडौं, असोज १८ । पूर्व सचिव तथा सहरी विकास विज्ञ किशोर थापाले कार्बन उत्र्सजनमा नेपालको धेरै भुमिका नभएपनि त्यसको नकारात्मक परिणामबाट पीडित भएकाले यसबारे विश्वमञ्चहरुमा नेपालले आवाज उठाउनुपर्ने बताउनुभएको छ । सोमबार विश्व बसोबास दिवस २०२१ को सन्दर्भमा पूर्व सचिव तथा शहरी विकास विज्ञ थापाले संसारका विकसित देशको तुलनामा नेपालले कम कार्बन उत्र्सजन गरेपनि नेपाल […]

सम्बन्धित सामग्री

जलवायु परिवर्तन न्यूनीकरणमा जोड

विराटनगर। विकसित देशहरूबाट उत्पन्न प्रदूषणका कारण जलवायु परिवर्तनको मार विश्वले भोगिरहेको कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यले बताएका छन् । त्यस्ता देशहरूले आफ्नो कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशत रकम जलवायु परिवर्तन प्रतिकार्यमा सकारात्मक भूमिका निर्वाह गर्ने मुलुकलाई सहयोग गर्नुपर्ने र जलवायुमा नकारात्मक प्रभाव पर्ने गतिविधि रोक्नुपर्ने उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना, द एशिया फाउण्डेशनको सहयोग र कम्युनिटी इन्गेजमेन्टको सहकार्यमा जलवायु वित्त र बजेटसम्बन्धी अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । वैज्ञानिक आविष्कार र नयाँ प्रविधिको विकासका कारण विश्वको समृद्धि सम्भव भएको भए पनि कुल गार्हस्थ्य उत्पादनको आधाभन्दा बढी हिस्सा अमेरिका, चीन र भारत जस्ता केही देशले ओगटेको र उनीहरूकै आर्थिक वृद्धिका लागि मात्र प्रयोग भइरहेको आचार्यको भनाइ थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सरकार र निजीक्षेत्रको साझेदारी आवश्यक हुने बताए । उनले यस विषयमा प्रदेश सरकारलाई निजीक्षेत्रसँग हातेमालो गर्न आग्रह गरे । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्याम भण्डारीले प्रदेश सरकारका सबै निकायले जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणका विभिन्न कार्य गरिरहेको भए पनि त्यसलाई जलवायु बजेटको दृष्टिकोणबाट हेर्न र विश्लेषण गर्न क्षमता अभिवृद्धि एवं कार्यविधिगत स्पष्टता बढाउन प्रदेश सरकारले काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीले जलवायु बजेटको अवधारणा, कारण तथा असर, जलवायु वित्त र जलवायु बजेटका विभिन्न विषयमा जानकारी दिएका थिए । हरित ग्यास उत्सर्जन गर्ने क्षेत्रको पहिचान, त्यसको तथ्यांक व्यवस्थापन, न्यूनीकरण र अनुकूलनमा गरिनुपर्ने कार्यको प्राथमिकीकरण र स्थानीय सन्दर्भ समेत विश्लेषण गरी प्रदेश सरकारले जलवायु बजेट सांकेतीकरणलाई थप वैज्ञानिक र पारदर्शी बनाउनुपर्नेमा उनको सुझाव थियो ।

जलवायु परिवर्तन र अनुकूलन

जलवायु परिवर्तन संसारभरिकै जल्दोबल्दो मुद्दा हो । निकै वर्षअघि नै जलवायु परिवर्तन हुँदै गए पनि पछिल्ला दिनमा यसको चर्चा, परिचर्चा अलि बढी नै हुने गरेको छ । जलवायु परिवर्तनको बारेमा मुख्यगरी दुईटा मत बलियो रूपमा रहेको पाइन्छ । एउटा, जलवायु परिवर्तन केवल होक्स (हौवा) हो भन्ने मत छ भने अर्को यो मानव जाति र सिंगो प्रकृतिका लागि गम्भीर विषय हो भन्ने छ । यस्ता मतमा जुन बलियो भए पनि प्रकृतिमा जलवायु परिवर्तन भइरहेको छ । यस्तो परिवर्तनले समाजमा नकारात्मक र सकारात्मक दुवैखाले प्रभाव परिरहेको छ ।  नेपालकै कुरा गर्ने हो भने हिमालमा हिउँ जम्न छाडेको छ । हिमनदी पग्लिएका छन् । गर्मी बढेको छ । कृषिजन्य उत्पादनमा असर परेको छ । संकटापन्न जनावरहरूको संरक्षणमा उल्लेख्य उपलब्धि प्राप्त गरे पनि नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले उच्च जोखिममा छ । यद्यपि नेपालले कुल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरेको छ भने दक्षिण एशियाका १ अर्बभन्दा बढी जनसंख्याका लागि पानीको स्रोत सुनिश्चित गरेको छ । तापक्रममा वृद्धि भएसँगै हिजो ज्यादै जाडो हुने ठाउँमा अहिले गर्मी हुन थालेको छ । अब ती ठाउँमा धानखेती गर्न सकिन्छ । त्यस्तै जलवायु परिवर्तनकै कारण चैत वैशाखमा फुल्ने गुराँस पुसमै फुल्न थालेको छ । स्याउखेतीमा पनि यस्तै देखिन थालेको छ । अर्थात् जलवायु परिवर्तनका कारण वनस्पति र जीवजन्तुमा देखिएको असरबाट हामीले के फाइदा लिन सक्छौं भन्नेमा लाग्नुपर्छ । हिजो जुन हावापानीमा कुनै फलफूल हुँदैनथ्यो अहिले त्यसका लागि अनुकूल भएको हुन सक्छ । तापक्रम वृद्धि हिमाली क्षेत्रतिर सरेसँगै ती क्षेत्रमा खेतीपाती प्रणालीमा परिवर्तन ल्याउन सकिन्छ । यसका लागि अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रलाई अध्ययन गर्न लगाउन सकिन्छ । जलवायु परिवर्तनले खेतीपाती र पशुपालनमा केकस्तो परिवर्तन ल्याएर लाभ लिन सकिन्छ भन्नेमा उसलाई अध्ययन गर्न दिएर त्यसलाई कार्यान्वयनमा लैजान सकिन्छ । नेपाल कृषि अनुसन्धान परिषद्लाई पनि त्यसतर्फ काममा लगाउन सकिन्छ । हुम्ला जुम्लामा बढी धान फलाउन सकिन्छ जसको मूल्य उच्च छ । त्यसैले जलवायु परिवर्तन समस्या हो तर समस्यामात्रै होइन लाभ पनि लिन सकिन्छ भनेर बुझ्नुपर्छ । वातावरण प्रदूषणमा नेपालको त्यति धेरै योगदान नभए पनि केही वर्षयता जथाभावी सडकलगायत भौतिक पूर्वाधार निर्माणका कार्य भने जारी नै छन् । त्यसैले धेरैथोर असर गरेको छैन भन्न सकिँदैन । त्यसैले जलवायु परिवर्तन अकस्मात् नियन्त्रणमा लिन सकिँदैन । तर, यसमा भइरहेको परिवर्तनअनुसार आफूलाई अनुकूलन गर्दै जान भने सकिन्छ ।  जलवायु परिवर्तन हुनुका कारण खोजी त्यसमा कमी ल्याउन विश्वस्तरमै काम हुन थालेको छ । तर, जलवायु परिवर्तन जुन मुलुकका कारण बढी भएको छ तिनले त्यसमा अकस्मात् नियन्त्रण गर्न सक्दैनन् । उनीहरूले प्रकृतिको अतिदोहन गरेर विकासको उचाइ चुमेका छन् तर, तिनकै कारण भएको जलवायु परिवर्तनले विपन्न र अविकसित मुलुक बढी मर्कामा छन् । त्यसैले विश्व रंगमञ्चमा नेपालले यो समस्यालाई उठाइरहेको छ ।  यी सबै कुरा सही छन् तर जलवायु परिवर्तनले असर गर्‍यो भन्दै त्यसको विरोध गर्नुको मात्रै अर्थ रहँदैन । बरु जलवायु परिवर्तनले दिएको अवसरको उपयोग गर्नेतर्फ लाग्नुपर्छ । वास्तवमा मानिसले आफूलाई जलवायु परिवर्तनसँगै अनुकूलन गर्दै ल्याएकाले नै ऊ अहिलेसम्म बाँचिरहन सकेको हो । त्यसैले अहिले जलवायु परिवर्तनले नेपालमा केके परिवर्तन आएको छ र त्यसबाट कसरी लाभ लिन सकिन्छ भन्नेमा काम गर्न ढिला गर्नु हुँदैन । जति नै रोइकराई गरे पनि विकसित देशहरूले जलवायु परिवर्तनको मुद्दालाई सजिलै समाधान गर्न सक्दैनन् । जलवायु परिवर्तनको आर्थिक लागतको विश्लेषण गर्दा अर्थतन्त्रलाई उनीहरूले बढी प्राथमिकतामा राख्छन् । त्यसो हुुँदा यो समस्या तत्काल समाधान हुन सक्ने देखिँदैन ।  जलवायु परिवर्तनसम्बन्धी सम्मेलनहरूले पृथ्वीको तापक्रम औद्योगिक क्रान्तिको अवस्थामा जति थियो त्यो तहमा ल्याउने भनी वचनबद्धता व्यक्त गरेका छन् । तर, त्यसको कार्यान्वयन र अवधिमा भने विकसित र ठूला देशहरूबीच नै मतैक्य छैन । एक देशले अर्कोलाई आरोप लगाए पनि कुनै पनि देश अर्थतन्त्रलाई सुस्त पारेर जलवायुको पक्षमा काम गर्न तयार देखिएका छैनन् । त्यसैले नेपालले पनि केकस्ता असर परेको छ र त्यसबाट के कति लाभ लिन सकिन्छ भनेर काम थाल्न ढिला गर्नु हुँदैन । मुख्य कुरा अनुकूलन नै उपाय हो । कृषि उत्पादन, पशुपालन, जीवनशैलीलाई जलवायु परिवर्तनअनुसार अनुकूलन गर्नु बुद्धिमानी हुन्छ ।

जलवायु परिवर्तन र वातावरणका मुद्दामा शीर्ष दल एकै ठाउँमा

काठमाडौं । जलवायु परिवर्तन र वातावणका मुद्दामा प्रमुख दलका घोषणापत्रमा एकै ठाउँमा उभिएको पाइएको छ । नेपाल जलवायु परिवर्तनको हिसाबले उच्च जोखिममा रहेको मुलुक भएको भन्दै प्रमुख दलहरुले आफ्नो चुनावी घोषणा पत्रमा यी विषयलाई प्राथमिकतामा राखेको जनाएका हुन् । नेपाल जलवायु परिवर्तन र वातावरणका हिसाबले जोखिममा परेकोले विकसित मुलुहरुले हाम्रो जस्तो मुलुकमा अनुदान सहयोग गरेर […] The post जलवायु परिवर्तन र वातावरणका मुद्दामा शीर्ष दल एकै ठाउँमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जलवायु परिवर्तनबाट नेपाल जस्ता देश बढीमात्रामा प्रभावित

प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विश्व नै ठूलो वातावरणीय संकटबाट गुज्रिरहेको बताउँदै प्रधानमन्त्री देउवाले यसको असरबाट नेपालजस्ता पर्वतीय, अल्पविकसित तथा विकासशील …

जलवायु परिवर्तन न्यूनीकरण नीति सरकारको प्राथमिकतामा : प्रधानमन्त्री देउवा

सोलुखुम्बु । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने नीति सरकारको प्राथमिकतामा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको मुख्य आयोजनामा आज यहाँ आयोजित विशेष कार्यक्रमलाई शुभकामना दिँदै उनले जलवायु परिवर्तनले विभिन्न विपद् निम्त्याएको अवस्थामा नेपाल सरकारले जलवायु परिवर्तनका असर नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम अघि बढाएको उल्लेख गरेका हुन् । […]

‘जलवायु परिवर्तन न्यूनीकरणमा लघुजलविद्युत्को योगदान महत्वपूर्ण’

काठमाडौँ, २६ पुस: जलवायु परिवर्तनको असर न्यूनीकरणमा लघु तथा मझौला जलविद्युत् आयोजनाले सकारात्मक प्रभाव पार्ने भएकाले यसको दिगो सञ्चालनका लागि सरकार, निजी क्षेत्र र समुदायले उपयुक्त संस्थागत संरचना निर्माण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल इनर्जी फाउण्डेशनको छैठौं साधारणसभाको अवसरमा आयोजित विचार गोष्ठीका सहभागी वक्ताले जलवायु परिवर्तनका कारण खोलामा पानीको बहाव कम हुँदै जाने, […]

कृषि, किसान र जलवायु परिवर्तन

वर्तमानमा कृषि, किसान र जलवायु परिवर्तन संसारभर सबैभन्दा ठूलो चासोको विषय हो । अहिले विश्वभर करिब एक अर्ब मानिस क्रोनिकल हंगर (गम्भीर भोकमरी) बाट गुज्रिरहेका छन् । नेपाल कृषिप्रधान देश भनिए पनि...

धनी राष्ट्रले जलवायु वित्तीय दायित्व बढाउनेमा नेपाल अशावादी

धनी राष्ट्रहरुले सन् २०२३ पछि उनीहरुले जलवायु वित्तीय दायित्व बढाउनेमा नेपाल आशावादी देखिएको छ ।संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धी (यूएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २६औं सम्मेलनमा आशातित रुपमा जलवायु वित्तीय दायित्व नबढाए पनि २०२३ पछि वित्तीय दायित्व बढाउने प्रतिवद्धता जनाएसँगै नेपाल थप आशावादी बनेको हो । जलवायु परिवर्तनको कारण प्रभावित कम विकसित राष्ट्रहरुले […]

संकटहरूको पिरामिडको टुप्पोमा ‘जलवायु परिवर्तन’

स्कटल्याण्डको ग्लास्गोमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पक्ष राष्ट्रहरूको २६ औं सम्मेलनको तयारी र जलवायु परिवर्तनको नेपालको अवस्थाबारे नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले मंगलबार मुलुकका प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा मुलुकका प्रमुख छापा माध्यम, अनलाइन र टेलिभिजनका गरी करिब २० जना सम्पादकहरू सहभागी थिए ।कार्यक्रममा नेपाली टाइम्सका प्रधान सम्पादक कुन्द […]