संखुवासभा : संखुवासभामा बालिका बलात्कार गर्ने एक युवालाई साढे १२ वर्ष कैद सजायको फैसला सुनाएको छ।९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका धर्मदेवी नगरपालिका–९ का २० वर्षीय आशिष बर्देवालाई जिल्ला अदालतले साढे १२ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो। जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजालसले उक्त फैसला सुनाएको हो। उनलाई कैदसँगै पीडितलाई शारीरिक र मानसिक क्षतिपूर्ति वापत ५० हजार उपलब्ध गराउन आदेश दिएको जिल्ला अदालत संखुवासभाका सूचना अधिकारी डिल्ली