सडक डिभिजन हेटौंडाद्वारा आठ पक्की पुल निर्माण

हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०७७/७८ मा बारा, पर्सा र मकवानपुर जिल्लामा आठओटा पक्की पुल निर्माण गरेको छ । ती जिल्लाको सवारीसाधन वारपार गर्न समस्या भएका स्थानमा पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए । साथै संघीय सरकारअन्तर्गत रहेको उक्त कार्यालयले गत आवमै  ३२ दशमलव ३६ किलोमिटर सडक कालोपत्र गरेको छ । त्यस्तै १९ दशमलव १० किमी सडक ग्राभेलसमेत गरेकोे छ । ती जिल्लामा कुल ३७ दशमलव ३५ किमी सडक मर्मत गरेको छ । राजमार्ग स्तरोन्नति तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत २० दशमलव ६५ किलोमिटर र बोर्डअन्तर्गत १६ दशमलव ७० किलोमिटर रणनीतिक सडक मर्मत गरिएको कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायले जानकारी दिए । कार्यालयको गत आव २०७७/७८ मा संशोधित बजेट रू. १ अर्ब ७० करोड रहेकोमा रू. १ अर्ब १६ करोड रुपैयाँ उक्त पूर्वाधार विकास निर्माणमा खर्च भएको उनले बताए । यसैबीच, हेटौंडा उपमहानगरपालिका–६ स्थित शान्तिटोलमा रू. १७ लाख लागतमा शान्तिटोल विकास संस्थाका लागि भवन निर्माण गरिएको छ । उपमहानगरपालिको रू. ७ लाख र विभिन्न संघसंस्था र व्यक्तिका सहयोगमा सो भवन निर्माण भएको संस्थाका अध्यक्ष केशव धितालले जानकारी दिए । रासस

सम्बन्धित सामग्री

खार्पुको पक्की पुल निर्माण अझै अगाडि बढेन

सिमकोट – कर्णाली करिडोरमा पर्ने खार्पुनाथ गाउँपालिका– ५ को खार्पुमा निर्माणाधीन पक्की पुल निर्माण अझै अगाडि बढ्न सकेको छैन। पुल निर्माणका क्रममा गत साउनमा दोजाम कर्णाली नदीमा पानीको बहाब बढेर निर्माण स्थलमा पसेको पानी हालसम्म नरोकिएको कारण निर्माण अगाडि नबढेको हो। हिल्सा–सिमकोट सडक आयोजनाको योजना प्रमुख बेलबहादुर नेपालीका अनुसार पुल निर्माण अझै अगाडि बढ्न नसकेको […]

खार्पुको पक्की पुल निर्माण अझै अगाडि बढ्न सकेन

सिमकोट – कर्णाली करिडोरमा पर्ने खार्पुनाथ गाउँपालिकामा पर्ने खार्पुमा निर्माणाधीन पक्की पुल निर्माण अझै अगाडि बढ्न सकेको छैन। पुल निर्माणका क्रममा दोजाम कर्णाली नदीमा पानीको बहाब बढेर निर्माण स्थलमा पसेको पानी हालसम्म नघटेकाले निर्माण अगाडि नबढेको हो। हिल्सा–सिमकोट सडक आयोजनाका इन्जिनियर निरज राजवंशीले पुल निर्माण अझै दुई महिनासम्म अगाडि बढ्न नसक्ने बताए। गत असारमा पुलको […]

म्याग्दीमा १३ पक्की पुल निर्माण

काठमाडौं । म्याग्दीका विभिन्न स्थानमा १३ पक्की पुल निर्माण भएका छन् । जिल्लाका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्याउने उद्देश्यले गण्डकी प्रदेश र सङ्घ सरकारको लगानीमा १३ पक्की पुल निर्माण भएका हुन् । प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकार अन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण […]

बेगखोलामा पक्की पुल निर्माण कार्य तीव्र

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा मोटरेबल पुल निर्माण कार्यले तीव्रता पाएको छ । कालिगण्डकी करिडोरअन्तर्गत बेगखोलामा सडक विभागमार्फत् योजनाको ठेक्का लगाएर पक्की पुल निर्माण कार्यले गति लिएको हो । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर बेनी–जोमसोम कोरला सडकअन्तर्गत पर्ने बेगखोलामा सडक विभागअन्तर्गत रहेको पुल महाशाखा काठमाडौंले ७० मिटर लामो र ११ मिटर चौडाइ भएको डबल स्पामको पुल […]

याङ्गार खोपा पक्की पुल निर्माण कम्पनीलाई कारबाही गरिने

सिमकोट – हिल्सा–सिमकोट सडक आयोजनाले याङ्गार खोपा पक्की पुल निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ। सम्झौता भएको चार वर्षसम्म निर्माण सुुरु नभएपछि आयोजनाले निर्माण कम्पनी पक्षलाई कारबाही प्रक्रिया अगाडि बढाएको हो। आयोजनाका योजना प्रमुख बिरेन्द्रकुमार यादवका अनुुसार सम्झौता भएको लामो समयसम्म निर्माण सुुरु गर्न नसकेपछि याङ्गार खोला पुल निर्माण कम्पनीलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढेको […]

रारालिहीमा १४ करोड लागतमा पक्की पुल निर्माण हुँदै

जुम्ला-तिला गाउँपालिकाका दुर्गम बस्तीलाई यातायातको पहुँचमा पु-याउन पक्की पुल निर्माण कार्य सुरु गरिएको छ । तिलाका ६, ७, ८ र ९ नम्बर वडाका दर्जनौ दुर्गम बस्तीलाई कर्णाली राजमार्गसँंग जोड्न रारालिहीस्थित तिला नदीमा ट्रस बेलिब्रिज निर्माण थालिएको हो ।स्थानीय सरकार सञ्चालन पश्चात तिलाका ९ वडाका ३४ वटै बस्तीमा सडक पुगेका छन् । तर तीमध्ये तिलाका ६, […]

रघुगंगा नदीमा पक्की पुल निर्माण

म्याग्दी- बेनी–जोमसोम सडक अन्तरगतम्याग्दीको गलेश्वरस्थित राघुगंगा नदीमाथि पक्की पुल निर्माण गरिएको छ । कालिगण्डकी करिडोर सडक आयोजनाले बेनीनगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सीमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल निर्माण गरेको हो । ४० मिटर लामो र ११ मिटर चौडाइ भएको प्रिस्टेड प्रविधिकोे पुल निर्माण भएपछि सवारीसाधन सञ्चालन गरिएको छ । पुल निर्माण भए […]

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत राहुघाट नदीमाथि पक्की पुल निर्माण

म्याग्दी, १३ मंसिर । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहुघाट नदीमाथि पक्की पुल निर्माण गरिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिका–३ को सिमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल बनाएको हो । आयोजना प्रमुख जगत प्रजापतिले ४० मिटर लामो र ११ मिटर चौडाइ भएको प्रिस्टेड प्रविधिको राहुघाट नदीमा बनेको […]

दोधाराचाँदनीको कञ्जभोज जोड्ने जोगबुढा नदीमा पक्की पुल निर्माण

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–७ कञ्जभोजको जोगबुढा नदीमा पक्की पुल निर्माण पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का प्रक्रियाद्वारा पुल निर्माण गरेको हो ।  मित्र निर्माण सेवाले १६ करोड रुपैयाँको लागतमा पुल निर्माण गरेको छ । ४ वर्ष लगाएर निर्माण गरिएको पुलको लम्बाइ १७१ मिटर छ । पुल निर्माण नहँुदा स्थानीय वासिन्दाले निकै सास्ती खेप्दै आएका थिए । नदी तर्नका लागि बनाइएको झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम मोलेर स्थानीय वासिन्दाले नदी वारपार गर्दै आएका थिए । नदीमा पक्की पुल निर्माण भएपछि सहजरूपम...

महाकाली लोकमार्गमा ६ वटा पक्की पुल निर्माण हुने

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुला टिंकरसम्म निर्माणाधीन महाकाली लोकमार्गमा चालू आर्थिक वर्षमा ६ वटा पक्की पुल निर्माण हुने भएको छ । चालू आर्थिक वर्षमा डडेल्धुरा, बैतडी र दार्चुला गरी ६ वटा ठाउँमा पुल निर्माण हुने भएको हो ।  पुल निर्माणका लागि चालू आर्थिक वर्षमा ठेक्का लगाउने तयारी गरिएको महाकाली लोकमार्ग दार्चुला टिंकर सडक योजना प्रमुख आशुतोष कर्णले बताए । उनका अनुसार डडेल्धुराको घट्टे र ठूलीगाड खोलामा २ वटा, बैतडीको नीलगाड र कसानी खोलामा २ वटा तथा दार्चुलाको कालागाड र कुकुरेगाड खोलामा २ ठाउँमा पक्की पुल निर्म...