वर्षा रोकिएपछि धनुषामा मतदान पुनः सुचारु (तस्बिरहरु)

जनकपुरधाम – धनुषामा वर्षा र हावाहुरीपछि प्रभावित भएको मतदान प्रक्रिया पुनः सुचारु भएको छ। वर्षा र हावाहुरी रोकिएपछि मतदान सुरु भएको हो। मतदानस्थलमा पानी जमेर जलमग्न भएको छ। त्यसका बाबजुद मतदाताहरु मतदानमा सहभागी भएका छन्। एकाएक हावाहुरी र वर्षा भएपछि मत हाल्न लाइनमा लागेका मतदाताहरु तितरवितर भएका थिए। वर्षाका कारण महोत्तरी र धनुषाका केही क्षेत्रमा मतदान […]

सम्बन्धित सामग्री

इण्डोनेसियामा मतदान जारी : राष्ट्रपतिका लागि चार प्रतिस्पर्धी मैदानमा

इण्डोनेसियामा आज संसदीय र स्थानीय निर्वाचन भइरहेको छ। इण्डोनेसियामा २७ करोड जनतामध्ये २० करोड ४० लाखभन्दा बढीले मतदान गरिरहेका छन्। मतदाताले नयाँ राष्ट्रपति र उपराष्ट्रपति मात्र नभई संसदीय र स्थानीय प्रतिनिधिसमेत चयन गर्नेछन्। प्रारम्भिक नतिजा बुधबार साँझ आउने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।निर्वाचनकै दिन आज जाकार्ता र जाभाका केही भागमा भारी वर्षा भएको छ । इण्डोनेसियाको निर्वाचन आयोगले बाढीका कारण मध्य जाभाका १० स्थानमा मतदान ढिलो हुने जनाएको छ। ११४ मतदान केन्द्र प

जनकपुरमा निर्वाचन जारी

धनुषा : जिल्लामा ७० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।मधेश प्रदेशका निर्वाचन कार्यालयका प्रमुख समेत रहेका श्रीधर पन्थीका अनुसार हावा हुरीसँगैको वर्षाका कारणले कतिपय मतदान केन्द्रमा मतदान कार्य प्रभावित भएकाले वर्षा रोकिएपछि मतदाताहरू ठूलो सङ्ख्यामा मतदान केन्द्रमा आएका कारणले अहिले पनि मतदान भइरहेको छ।मतदान केन्द्रमा प्रवेश गरेका सबै मतदाताले मतदान नसकेसम्म मतदान नरोकिने प्रमुख पन्थीले बताए।

वर्षा नरोकिएपछि सुर्खेतमा एक घण्टादेखि मतदान रोकियो

३० वैशाख, सुर्खेत । वर्षाका कारण सुर्खेतमा मतदान प्रभावित भएको छ । हावाहुरीसहित पानी परेपछि जिल्लाका अधिकांश स्थानको निर्वाचन प्रभावित भएको हो । सुर्खेतमा अहिले पनि हावाहुरीसँगै भारी वर्षा भइरहेको छ । जसले गर्दा जिल्लाका अधिकांश मतदान केन्द्रमा मतदान रोकिएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए । ‘केही ठाउँमा रोकिए पनि धेरै […]

सुर्खेतमा भारी वर्षा, मतदान प्रभावित

भारी वर्षासँगै मतदान केही समयका लागि रोकिएको छ भने मतदानस्थलमा पुगेका मतदाताहरू पनि घर फर्किएका छन् ।

बर्दियामा ३२ र कास्कीमा ३५ प्रतिशत मतदान, सर्लाहीमा वर्षा

दिउँसो १ बजेसम्मको तथ्याङ्कअनुसार बर्दियामा ३२ प्रतिशत मतदान भएको छ भने कास्कीमा ३५ प्रतिशत मतदान सम्पन्न भएको हाम्रा संवाददता केशव कोइराला र प्रदीप पौडेलले जानकारी दिनुभयाे ।

विराटनगरमा ढिला गरी मतदान सुरु, कसले कहाँबाट हाल्दैछन् भाेट ?

विराटनगर- विराटनगरमा स्थानीय तह निर्वाचनको मतदान कार्य सुरु भएको छ। केही ढिलागरी मतदान कार्य सुरु भएकाे हाे। बिहानीपख विराटनगरमा हल्का वर्षा भए पनि मतदाता मतदान केन्द्रमा पुग्नेक्रम जारी रहेको छ। यसै क्रममा नेकपा एमालेका मेयर उम्मेदवार सागर थापाले विराटनगर ४ बाट मतदान गरेका छन्। यसैगरी, गठबन्धनतर्फ नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोइरालाले विराटनगर-७ स्थित सरस्वती […]

झापामा भारी वर्षा, मतदान प्रभावित हुने सम्भावना

झापा : गए रातिदेखिको वर्षाका कारण जिल्लाका मतदान केन्द्र प्रभावित बनेका छन्। मतदान सुरु हुनैलाग्दा पानीले समस्या पर्ने देखिएको छ।प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले मौसम पूर्वानुमान बमोजिम नै जिल्लाका मतदान केन्द्र व्यवस्थित बनाएको दाबी गरे। ‘पानी त परिरहेको छ, तर अहिलेसम्म कुनै मतदान केन्द्रमा समस्या आएको छैन,’ उनले भने, ‘लगातार पानी परिरहे मतदान केन्द्र पुग्ने मतदातालाई केही समस्या हुन सक्छ।’ निर्वाचन आयोगले मतदान गर्ने दिन पानी पर्ने सम्भा

वर्षाले गर्दा ढिला मतदान हुने

झापा- स्थानीय तहका लागि जनप्रतिनिधि छान्न आज केही बेरमा मतदान सुरु हुँदैछ। बिहान सात बजेबाट सुरु हुने मतदान तयारीका काम केही बाँकी रहेकाले केही बेर ढिला भएको झापाका मतदान अधिकृतहरूले बताएका छन्। झापाका अधिकांश स्थानमा राति वर्षा भएकाले आज बिहानैदेखि पुनः संरचना बनाउनु पर्ने भएकाले केहीबेर ढिला भएको हो। झापाका केही स्थानमा आज बिहान पनि […]

वर्षाबीच हेटौंडामा मतदान सुरू

हेटौंडा : राष्ट्रियसभाका १९ सदस्यका लागि बागमती प्रदेशमा खाली हुन लागेको दुई सिटका लागि मतदान सुरु भएको छ।वर्षात्‍को कारण निर्धारित समयभन्दा करिब २० मिनेट ढिला गरी मतदान सुरु भएको हो। अहिलेसम्म बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश सरकारको मन्त्रीहरुले मतदान गरिसकेका छन्।हेटौंडामा बिहानैदेखि वर्षा भइरहेको छ। हेटौंडा औधोगिक क्षेत्र व्यवस्था लिमिटेड परिसरमा भइरहेको छ। निर्वाचनमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। लिमिटेडको गेटबाहिर मुख