इण्डोनेसियामा आज संसदीय र स्थानीय निर्वाचन भइरहेको छ। इण्डोनेसियामा २७ करोड जनतामध्ये २० करोड ४० लाखभन्दा बढीले मतदान गरिरहेका छन्। मतदाताले नयाँ राष्ट्रपति र उपराष्ट्रपति मात्र नभई संसदीय र स्थानीय प्रतिनिधिसमेत चयन गर्नेछन्। प्रारम्भिक नतिजा बुधबार साँझ आउने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।निर्वाचनकै दिन आज जाकार्ता र जाभाका केही भागमा भारी वर्षा भएको छ । इण्डोनेसियाको निर्वाचन आयोगले बाढीका कारण मध्य जाभाका १० स्थानमा मतदान ढिलो हुने जनाएको छ। ११४ मतदान केन्द्र प