प्रदेश २ मा ३०१ जना एचआईभी-एड्स संक्रमितहरु सरोकारवालाको सम्पर्कमा नरहेको जनाइएको छ । हाल ४ हजार ३८० संक्रमितमध्ये ३०१ जना सम्पर्कविहीन रहेका कारण उनीहरु उपचार सेवाबाट वञ्चित रहेको प्रदेश २ को स्वास्थ्य निर्देशनालयले जनाएको हो ।सेभ द चिल्ड्रेनका सिनियर प्रोग्राम कोअर्डिनेटर चन्द्रनारायण साहले गत असार मसान्तसम्मको तथ्यांकअनुसार प्रदेशमा कुल संक्रमितमध्ये २ हजार ९९८ जना नियमित उपचारमा रहेको जानकारी दिए । एक हजार ३८२ जना भने उपचारबाट वञ्चित मिसिङ्ग लिस्टमा रहेको उनको भनाइ छ ।उपचारबाट वञ्चित मिसिङ्ग