युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आगामी निर्वाचन मार्फत जनताले प्रतिगमनकारी तथा राष्ट्रघातीहरूलाई कारबाही गर्ने बताएका छन् । २७ औं जनयुद्ध दिवसको कार्यक्रममा सहभागी हुन गृह जिल्ला बाँके आएका मन्त्री अथकले जनताको आन्दोलनबाट प्राप्त उपलब्धि भत्काउन देशभित्र र बाहिरका प्रतिक्रियावादी लागिपरेको भन्दै जनताले त्यस्ता तत्त्वहरूलाई निर्वाचन मार्फत कारबाही गर्ने बताए ।