माओवादीका सबै घटकलाई एकतामा आउन प्रचण्डको आग्रह

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धकालका सहयात्रीलाई पुनः एकताका लागि आह्वान गर्नुभएको छ । पार्टीसम्वद्ध सम्पर्क समन्वय विशेष प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले फरक–फरक रूपमा माओवादी जनयुद्धका सहयात्रीले खासरूपमा ज्ञान प्राप्त गरेकाले अब एकै ठाउँमा आउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष दाहालले जनयुद्धकालका नेताहरू नेत्रविक्रम चन्द, मोहन वैद्य र डा बाबुराम …

सम्बन्धित सामग्री

प्रचण्डको पालो कहिले?

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा गठबन्धनबाट पनि प्रधानमन्त्रीको आकंक्षी थिए। तर आलोपालोको कुरा आउनेबित्तिकै गठबन्धनमा खटपट आयो – नेकपा तीन टुक्रा भयो। माधव नेपाललाई साथमा लिएर प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको कुर्सी थमाए। पाँच दलीय गठबन्धनबाट प्रचण्ड पुन: प्रधानमन्त्रीका आकंक्षी छन्।  तर, कांग्रेसले प्रधानमन्त्री छाड्ने छनक नदेखाएपछि प्रचण्डले…

प्रचण्डको क्षेत्र माडीमा एमालेको अग्रता

चितवन, १ जेठ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र माडी नगरपालिकामा नेकपा एमालेले अग्रता लिइरहेको छ । माडी नगरपालिकाममा एमालेका उम्मेदवार ताराकुमारी ताजी महतोले ३३५९ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्धन्द्धी माओवादीका उम्मेदवार ऋषिराम काफ्लेले २४३३ मत ल्याएका छन् । त्यस्तै, उपप्रमुखमा कांग्रेसका उम्मेदवार खेमप्रसाद महतोले २०५१ मतसहित […]

माओवादीका तीन आयोगको संयुक्त बैठक

नेकपा माओवादी केन्द्रका तीनवटा पार्टी केन्द्रीय आयोगको संयुक्त बैठक बसेको छ ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी सहभागी छन् ।संयुक्त अन्तरक्रियात्मक बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा बसेको हो ।

प्रचण्डको दस्तावेजमा लेखनाथ न्यौपानेद्वारा ८ बुँदे फरक मत प्रस्तुत

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन् ।   बन्दसत्रमा समूहगत छलफलका क्रममा उनले प्रचण्डको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै ८ बुँदे फरक मत राखेका हुन् । उपत्यका विशेष प्रदेश समितिको समूहगत छलफलमा उनले फरक मत राखेको र सोसम्बन्धी जानकारी टोली नेता जगत सिम्खडाले बन्दसत्रमा रिपोर्टिङ गराएको एक नेताले बताए । दस्तावेजमा आधारभूत विषयहरु अपुग रहेको र महाधिवेशनको दस्तावेजले स्वरुप ग्रह

चर्को आलोचनापछि महाधिवेशनस्थलबाट हटाइयो प्रचण्डको ‘कटआउट’

काठमाडौं, १२ पुस । नेकपा (माओवादी केन्द्र)को महाधिवेशनस्थलबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘कटआउट’ हटाइएको छ। महाधिवेशनस्थल प्रज्ञा भवनमा प्रचण्डको ‘कटआउट’ राखिएपछि देवत्त्वकरण गरिएको भन्दै चर्को आलोचना भएपछि हटाइएको हो । माओवादीका केन्द्रीय सदस्य सुदन किरातीले सामाजिक सञ्जाल फेसबुकमार्फत् कटआउट हटाइएको जानकारी गराएका छन्। ‘नेतृत्वलाई थाहै नदिइ गरिएको चाकडी हटाइसकिएको सबैमा जानकारी! चाकडी प्रवृत्ति– मूर्दावाद!’–किरातीले […]

प्रचण्डको अडानकै कारण हामी संविधान सभाको चुनावमा गएका हाैँ - देउवा

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अडानका कारण आफूहरू संविधानसभाको चुनावमा गएको बताउनुभएको छ ।आज आइतवार प्रज्ञा भवनमा माओवादी केन्द्रको महाधिवेशनलाई शुभकामना दिँदै सभापति देउवाले नेपालको राजनीतिक परिवर्तनमा माओवादीका अध्यक्ष प्रचण्डको ठूलो योगदान रहेको बताउनुभयो ।‘संविधान सभाको चुनाव हामीले पनि २०७७ सालदेखि नै माग गरेका थियौँ, सफल भएको थिएन, तर पछिल्लो समय प्रचण्डको अडान र अग्रसरताले संविधान सभाको चुनाव भयो&rsqu...

देउवाद्वारा प्रचण्डको प्रशंसा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादीका अध्यक्ष प्रचण्डको खुलेर प्रशंसा गर्नुभयो । उहाँले संविधानसभाबाट संविधान बन्नुमा प्रचण्डको प्रमुख भूमिका रहेको बताउनुभएको हो ।

प्रचण्डको अगुवाईमा मेरो चरित्र हत्याको प्रयास भयो : प्रभु साह

काठमाडौं :  नेकपा माओवादीका अध्यक्ष प्रचण्डको अगुवाईमा कांग्रेसी गठबन्धनले आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको पूर्वमन्त्री प्रभु साहले आरोप लगाएका छन्। छोरालाई क्यानडा पठाइदिने भनेर पैसा लिएको भन्दै पूर्वमन्त्री साहमाथि एक जना अपरिचित महिलाले आरोप लगाएपछि मन्त्री साहले त्यसको खण्डन गरेका हुन्। राजनीतिक प्रतिस्पर्धा गर्न नसकेर प्रचण्डले केहि दिन अगाडि साङ्घातिक आक्रमण गर्न लगाएको र अहिले नीचता प्रदर्शन गर्दै महिलाको प्रयोग गरेर चरित्र हत्या गर्न खोजेको पूर्वमन्त्री साहको भनाइ छ।