क्रिकेटर सन्दीप लामिछानेलाई थुना राखेर कारबाही गर्नुपर्ने माग गर्दै महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको छ । लामिछानेलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेश त्रुटिपूर्ण रहेको उल्लेख गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको हो ।