गृहमन्त्री बालकृष्ण खाँणले केही राजनीतिक दलहरु संविधान च्यात्ने प्रपञ्चमा लागेको आरोप लगाएका छन् । मन्त्री खाँणले उनीहरु संविधान च्यात्ने प्रपञ्चमा लागिरहेको बताउँदै त्यस्ता षड्यन्त्रविरुद्ध सचेत हुनुुपर्ने बताए ।सत्ता गठबन्धन रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका मन्त्री खाँणले मंगलबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै सार्वभौमसत्ता जनतामा निहित हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताए ।मुलुकबाट निर्मूल भइसकेको राजतन्त्रलाई ब