दुई कम्पनीलाई २७ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ किसान कम्पनी लिमिटेड र नेपाल वेयरहाउजीङ कम्पनी लिमिटेडलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले शुक्रबार मुक्तिनाथ किसान कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडलाई सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो । बोर्डले मुक्तिनाथलाई सर्वसाधारणका लागि १४ लाख सेयर एक सय रुपैयाँ अंकित्त मुल्यमा र वेयरहाउजिङ […]

सम्बन्धित सामग्री

नेपाल वेयर हाउजिड्ग कम्पनीलाई आइपिओ निष्काशन गर्न अनुमति

नेपाल वेयर हाउजिड्ग कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

अप्पर स्याङ्गे हाईड्रोपावरले तय गर्‍यो आईपीओ निष्कासनको मिति

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले पहिलो चरणको आईपीओ जेठ १ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । स्थानीयका लागि विक्रीमा आएको आईपीओ खरीदका लागि लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिका (साविकका घनपोखरा गा.वि.स. वडा नं. १ र २, खुदी गा.वि.स. वडा नं. ३, ताघ्रिङ्ग गा.वि.स. वडा नं. ४, घेरमु गा.वि.स. वडा नं. ५, बाहुन डाँडा गा.वि.स. वडा नं. ६, भुलभुले गा.वि.स. वडा नं. ७ र ८ तथा सिमपानी गा.वि.स. वडा नं. ९) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।  पहिलो चरणको आईपीओ निष्कासनपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्नेछ । दोस्रो चरणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये १० प्रतिशतले हुन आउने ६५ लाख रुपैयाँ बराबरको ६५ हजार कित्ता आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागेको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । अधिकतम कित्ताका लागि भने आयोजना प्रभावित स्थानीयले १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।  आयोजन प्रभावित स्थानीयमा यो आईपीओ विक्री अवधि छिटोमा जेठ १६ गतेसम्म तोकिएको छ । छिटो अवधिभित्र स्थानीयबाट माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि जेठ ३० गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने जेठ १६ गतेभित्र आवेदन दिनुपर्ने व्यवस्था छ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । स्थानीयय बासिन्दाले विक्री प्रबन्धकसँगै सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीले लमजुङ्ग जिल्लामा २ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाको कुल अनुमानित लागत ५० करोड ४८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ३ लाख रुपैयाँ रहेको छ ।    सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

तीन कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको स्वीकृति

२८ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्ड ३ वटा कम्पनीलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले २३ असारमा सिक्लेस हाइड्रोपावर लिमिटेडलाई र २४ असारमा धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्काशन गर्न स्वीकृत दिएको हो । सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि समेत […]

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आजबाट बिक्री खुला

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) आजबाट बिक्री खुला भएको छ । माघ ९ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएको थियो ।  आजबाट बिक्री खुला भएको आईपीओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ । यससँगै बोर्डका तत्कालीन अध्यक्ष भीष्म ढुंगानाको वर्खास्तिसँगै अवरुद्ध भएको आईपीओ निष्काशन प्रक्रिया...

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ माघ २१ देखि आउँदै

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । माघ ९ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई   आईपीओ निष्काशन अनुमति दिएको थियो ।  माघ २१ गतेबाट बिक्री खुला हुने आईपीओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ । यससँगै बोर्डका तत्कालीन अध्यक्ष भीष्म ढुंगानाको...

साना लगानीकर्तालाई खुशीको खबर, यी ५ कम्पनीको आईपीओ निष्काशन हुँदै

शेयर बजार उकालो लागिरहेकै बेला ५ वटा कम्पनीको प्राथमिक शेयर (आईपीओ) निष्कासन हुने भएको छ ।  नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ ।  बोर्डले ५ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिने गरी अन्तिम प्रक्रिया टुंगाएपछि साना लगानीकर्ता हौसिएका छन् ।  बोर्डले बुधवार बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चरस लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको अनुमति दिने गरी प्रक्रिया टुंग्याएको हो ।  राजध...

तीन जलविद्युत् कम्पनीलाई आईपीओ निष्काशन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीनवटा जलविद्युत कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्काशनको अनुमति दिएको छ । बोर्डले न्यादी हाइड्रोपावर, साहस उर्जा र बुद्धभूमी नेपाल हाइड्रोलाई स्थानीय र सर्वसाधारणका लागि सेयर निष्काशनका लागि अनुमति दिएको हो ।

युनियन लाईफले पायो आईपीओ निष्काशनको अनुमति, सर्वसाधारणलाई कति?

काठमाडौं। नेपाल धितोपत्र बोर्डले युनियन लाईफ इन्स्योरेन्स कम्पनीलाई साधारण सेयर(आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। प्रतिकित्ता १०० रुपैयाँको दरले ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डले कम्पनीलाई अनुमति दिएको हो। कम्पनीले कुल निष्काशनमध्ये ७० प्रतिशत संस्थापक समूहलाई र बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुट्याएको छ।

युनियन लाइफले पायो आईपीओ निष्कासन अनुमति

१४ असार, काठमाडौं । युनियन लाईफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यस कम्पनीलाई ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डले अनुमति प्रदान गरेको हो । कम्पनीले ७० …

युनियन लाईफले पायो आईपीओ निष्काशनको अनुमति, सर्वसाधारणलाई कति?

काठमाडौं। नेपाल धितोपत्र बोर्डले युनियन लाईफ इन्स्योरेन्स कम्पनीलाई साधारण सेयर(आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। प्रतिकित्ता १०० रुपैयाँको दरले ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डले कम्पनीलाई अनुमति दिएको हो। कम्पनीले कुल निष्काशनमध्ये ७० प्रतिशत संस्थापक समूहलाई र बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुट्याएको छ।