काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीनवटा जलविद्युत कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्काशनको अनुमति दिएको छ ।
बोर्डले न्यादी हाइड्रोपावर, साहस उर्जा र बुद्धभूमी नेपाल हाइड्रोलाई स्थानीय र सर्वसाधारणका लागि सेयर निष्काशनका लागि अनुमति दिएको हो ।
चालू आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा २५ वटा संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निस्काशन (आईपीओ) को अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकोमा १ अर्ब ८८ करोड रूपैयाँ बरावरको आईपीओ निस्कासन गर्न अनुमति पाएका छन् ।
धितोपत्र बोर्डका अनुसार निवेदन दिएकामध्ये ३ वटा जलविद्युत् कम्पनी र एउटा लघुवित्त वित्तीय संस्था गरी जम्मा ४ वटा संगठित संस्थालाई १ अर्ब ८८ करोड रकम बरावरको आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरिएको छ ।