नर्वेमा भेटिएको विश्वकै सबैभन्दा पुरानो जुत्ता करिब ३,००० वर्ष पुरानो हो । यसलाई कास्य युगको जुत्ता बताइएको छ । नर्वेको साइन्स एन्ड टेक्नोलोजी युनिभर्सिटीको रिपोर्ट अनुसार यो जुत्ता ती हजारौँ प्राचिन कलाकृतिमध्ये एक हो जुन पछिल्लो दुई दशकमा यहाँ पहाडमा जमेको बरफ पग्लिएका कारण पाइएको थियो । यो प्राचिन जुत्ता वास्तवमा सन् २००७ मा दक्षिण नर्वेको जोतुनहेमेनको पहाडी इलाकामा भेटिएको थियो । यो छालाको जुत्ता कुनै महिला वा पुरुषको हुनसक्ने बताइएको छ । यो जुत्तासँग थुप्रै तीर र काठको कोदालो पनि भेटिए