माछापुच्छ्रे पदमार्ग व्यवस्थापन गर्न पर्यटन शुल्क

पोखरा- कास्कीको माछापुच्छ्रे गाउँपालिकाभित्रका पदमार्गमा जाने पर्यटकले शुल्क तिर्नुपर्ने भएको छ । माछापुच्छ्रे गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण र व्यवस्थापनका लागि पर्यटकसँग शुल्क लिने निर्णय गरेको हो । गाउँसभाको निर्णयअनुसार आन्तरिक र बाह्य पर्यटकका लागि छुट्टाछुट्टै शुल्क लिइने प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए । गाउँपालिकाले आज सूचना प्रकाशित गरी यस विषयमा जानकारी गराएको हो […]

सम्बन्धित सामग्री

मुन्दुम पदमार्ग प्रवद्र्धन गर्न भोजपुरको चखेवामा महोत्सव

टक्सार (भोजपुर), १३ चैत । मुन्दुम पदमार्गसहित कृषि, पर्यटन र संस्कृतिको प्रवद्र्धन गर्न जिल्लाको टेम्केमैयुङ गाउँपालिका–४ स्थित चखेवा भञ्ज्याङमा महोत्सव हुने भएको छ । आगामी २०८१ वैशाख १ देखि ३ गतेसम्म महोत्सव हुने भएको हो । महोत्सवमा स्थानीय कृषि उत्पादन, पर्यटकीय क्षेत्रको प्रचार तथा कलासंस्कृतिको प्रवद्र्धन गरिने आयोजक संस्था चखेवा बजार तथा सहरीकरण व्यवस्थापन समितिका […]

पर्यटकसँग शुल्क उठाएपछि मर्दीमा पर्यटक घटेको गुनासो

पोखरा – माछापुच्छ्रे गाउँपालिकाले लोक्याम्पबाट पर्यटकसँग शुल्क उठाउन थालेपछि मर्दी पदमार्ग क्षेत्रका व्यवसायी रुष्ट बनेका छन्। गाउँपालिकाको कदमले पर्यटनमा गम्भीर असर गरेको उनीहरुको ठहर छ। मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिले गम्भीर आपत्ति जनाउदै गाउँपालिकाको ध्यानाकर्षणसमेत गराएको छ। दोहोरो कर प्रणालीले गर्दा पर्यटकको आगमनमा कमी आएको समिति अध्यक्ष राजकुमार तामाङले बताए। उनका अनुसार गाउँपालिकाले […]

पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग

अन्नपूर्ण (कास्की), ५ असोज । कास्कीको पर्यटकीय गाउँका रुपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने उक्त पदमार्गको बिहीबार उद्घाटन गरिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले निर्माण गरेको पदमार्गको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले उद्घाटन गरे । […]

पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग

अन्नपूर्ण (कास्की), ५ असोज । कास्कीको पर्यटकीय गाउँका रुपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने उक्त पदमार्गको बिहीबार उद्घाटन गरिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले निर्माण गरेको पदमार्गको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले उद्घाटन गरे । […]

कञ्चनजंघा क्षेत्रमा पर्यटन व्यवसाय लयमा फर्कंदै

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कन थालेको छ । कञ्चनजंघा संरक्षण तथा व्यवस्थापन परिषद् कार्यालयका अनुसार गएको चार महीनामा ४३९ विदेशी पर्यटकले भ्रमण गरेका छन् । कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजंघा हिमशृंखला क्षेत्रमा पर्यटकीय चहलपहल बढ्दै गएको छ । परिषद् कार्यालयका सचिव मनकुमार लिम्बूका यहाँ बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन भएको बताउँछन् । ‘पर्यटकको आगमनले पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन्,’ उनले भने । पर्यटकलाई लक्षित गरेर कञ्चनजंघा हिमाल जाने पदमार्गमा साना–ठूला लगानीका ५२ होटल सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रू. सात करोडभन्दा बढीको लगानीमा बनेको सिंगी नामजोङ होटल सञ्चालनमा छ । समुद्री सतहबाट तीन हजार ५०० मिटरदेखि चार हजार ५०० मिटर उचाइमा रू. एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेको परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले जानकारी दिए । ‘कोरोनाका कारण लामो समयसम्म यहाँ पर्यटकको आगमन हुन सकेको थिएन । पर्यटन व्यवसायी निराश भएका थिए । पहिल्लो समय पर्यटक आगमनले व्यवसायी उत्साहित भएका छन्,’ घुन्साका होटल व्यवसायी पेमा शेर्पाले भनिन् । आर्थिक वर्ष २०७६/७७ मा ३८६ पुरुष र १८६ महिला विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रमा आएको परिषद्को तथ्यांकमा उल्लेख छ । २०५७ देखि २०७७ सालसम्म ११ हजार १९७ विदेशी पर्यटकले कञ्चनजंघा हिमालको अवलोकन गरेको परिषद्ले बताएको छ । कञ्चनजंघाको आधार शिविर पुग्न दुई पदमार्ग प्रयोग गरिँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका भएर पर्यटक कञ्चनजंघा हिमालको आधार शिविर पुग्छन् । काठमाडौंबाट हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म हुँदै फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी कञ्चनजंघाको आधार शिविर पुगिन्छ । यहाँ आउने पर्यटकको विवरण परिषद्ले राख्ने गरेको छ । रासस

मन्त्री आलेद्वारा प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास गरेका छन् । उनले जिल्लाको दक्षिण भेगमा अवस्थित प्रसिद्ध शक्तिपीठ एवं धार्मिक पर्यटकीयस्थल बडिकेदारमा तीर्थयात्रीका लागि पदमार्ग तथा पूर्वाधार योजनाको शिलान्यास गरेका हुन् ।उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेले रु नौ करोड रकम विनियोजन गरेसँगै आज शिलान्यास गरेको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले जानकारी दिए । उनका अनुसार उक्त पद

बजेट अभावमा पदमार्ग अलपत्र

बागलुङ । बागलुङमा निर्माणाधीन भीमसेन ढुंगा–घुम्टे पदमार्ग बजेट अभावमा अलपत्र परेको छ । पर्यटकीय लेक घुम्टे जोड्ने सो पदमार्गलाई यस वर्ष कतैबाट पनि बजेट परेन । चार वर्षअघि निर्माण थालिएको उक्त पदमार्गको काम गत वर्षको माघयता ठप्प छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको दश लाख बजेटमा अघिल्लो वर्ष ठूलासम्मादेखि गल्लाको घाँटीसम्म एक किमी पदमार्ग बनेको थियो ।    मजदुरले वनमै बास बसेर सो खण्डमा काम गरेका थिए । निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बजेट नहुँदा वर्ष दिनदेखि पदमार्ग निर्माण रोकिएको बताए । तीन वर्षसम्म बजेट आयो, काम पनि भयो, अहिले पदमार्ग अलपत्र जस्तै छ,’ उनले भने, ‘बजेट ल्याउन कतैबाट पनि पहल भएन, हामीले माग गर्दा कोरोनालाई कारण देखाइयो ।’ गलकोट नगरपालिका–७ मल्म, दरमखोलाछेउको भीमसेनढुंगादेखि घुम्टे जोड्ने झन्डै दश किमीको उक्त पदमार्गलाई दुई खण्डमा बाँडेर निर्माण शुरू गरिएको थियो । पहिलो खण्डले भीमसेन ढुंगादेखि राम्चेढुंगालाई समेट्छ । राम्चेढुंगादेखि तुलसी मैरो हुँदै घुम्टेसम्म दोस्रो खण्ड पर्छ । शुरूको वर्ष भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत दुवै खण्डमा दश/दश लाख बराबरको काम भएको थियो । दोस्रो वर्षदेखि भने तल्लो खण्डमा बजेट आउन रोकियो । शुरूको बजेटबाट त्यस खण्डको आँगाखेतदेखि तल्लो सिरबारेसम्म जम्मा पाँच सय मिटर पदमार्ग बनेको छ । त्यसयता उक्त खण्डका लागि न बजेट आयो न काम नै भयो । माथिल्लो खण्डमा भने त्यसपछि पनि दुई वर्षसम्म काम भएको अध्यक्ष थापाले बताए । उनका अनुसार प्रदेश र संघ सरकारको पर्यटन मन्त्रालयमार्फत हालसम्म आएको रु. तीस लाख बजेटबाट राम्चेढुंगादेखि गल्लाको घाँटीसम्म करिब तीन किमी पदमार्ग बनेको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले सो पदमार्ग बनेमा घुम्टे, राम्चेढुंगासहित आसपासका गन्तव्यस्थलको प्रवर्द्धन र ग्रामीण पर्यटनको उत्थानमा टेवा पुग्ने बताए । रासस

अनुदान र श्रमदानमा पदमार्ग

गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले प्रदान गरेको होमस्टे प्रवर्द्धन कार्यक्रममा दोब्बर रकम थपेर यहाँका बासिन्दाले पदमार्ग बनाएका छन् । काठेखोला गाउँपालिका–७ को रेसमा पाहुना आकर्षित गर्न होमस्टे र पार्क निर्माण गरिएको हो । रेशस्थित डोठेदेउराली होमस्टे व्यवस्थापन समितिले पाएको १० लाख रुपैयाँमा झन्डै उत्तिकै रकम बराबरको श्रमदान र चन्दा संकलन गरेर पदमार्ग बनाइएको वडा अध्यक्ष प्रेम लामिछानेले बताए ।

करबाकेली इको ट्रेक’ पदमार्ग शुभारम्भ

म्याग्दीमा नयाँ पदमार्ग ‘करबाकेली इको ट्रेक’ को शुक्रबार औपचारिक शुभारम्भ भएको छ। करबाकेली पर्यटन व्यवस्थापन समितिद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक काशीराज भण्डारी र ‘टान’का अध्यक्ष नवराज दाहालले पदमार्गको नक्सा, पोस्टर, क्यालेन्डर र बुकलेट विमोचन गर्दै पदमार्गको शुभारम्भ गरेका हुन्। कास्कीको वीरेठाँटी, तीखेढुंगा, उल्लेरीहुँदै म्याग्दीको घोडेपानीबाट पुनहील, फूलबारीहुँदै करबाकेलीथान भएर बेनीबजार निस्कने…