काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अन्तिम तयारीमा छ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट विमानस्थल उद्घाटन गराउने तयारी नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ ।
राष्ट्रिय गौरवको आयोजना यो विमानस्थलमा हालसम्म कुवेतको जजिरा एयरवेजले नियमित उडान गर्न निवेदन दिइसकेको छ । प्राधिकरणका अधिकारीहरूका अनुसार सम्भवतः जजिरा एयरवेजले नै...