राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनमा आउने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले करीब निर्माण सम्पन्न रहेको विमानस्थल आगामी ३ महिनाभित्र उद्घाटन गरिने बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औं वार्षिकोत्सवको शुक्रवार उद्घाटन गर्दै मन्त्री आलेले गौतमबुद्ध विमानस्थलमा छिट्टै ‘क्यालिब्रेसन फ्लाइट’ गरेर व्यावसायिक उडान सञ्चालन गरिने उल्लेख गरे ।
उनले भने, ‘अब हामी भैरहवा विमानस्थल उद्घाटनको संघार...