उदयपुरको सिवाई-बेल्हा जोड्‍ने पुल नयाँ डिजाइनमा बन्छ : प्रधानमन्त्री ओली

६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उदयपुरको चौदण्डीगढी-५ स्थित सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल अब नयाँ डिजाइनमा बन्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद नारायण खड्काले सोधेको प्रश्‍नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भाँचिएको …

सम्बन्धित सामग्री

साहित्य साधनाका लागि नेपाल उर्बर भूमि हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला-संस्कृतिका लागि उर्बर भूमि भएको बताएका छन् । लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको शनिबार लोकार्पण गर्दै उनले भने, ‘हाम्रो मुलुक साहित्य साधनाको उर्बर भूमि र ज्ञानको उद्भव स्थल हो । मानिसका अनुभव र अनुभूतिहरू सङ्ग्रहित र परीक्षित भएपछि ज्ञान बन्छ । ज्ञानको सङ्ग्रह र वितरणको आरम्भ […]

कोरोना रोग प्रधानमन्त्रीको प्रेमिकाजस्तो बन्यो : रामनारायण बिडारी

काठमाडाैं : राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री ओली बेठिक भएका कारण राज्यका सबै संयन्त्रहरूले दुःख पाएका बताएका छन्।प्रधानमन्त्री ओलीलाई असहज हुँदा कोरोना आउने र लकडाउन हुने तर प्रधानमन्त्रीलाई सहज हुँदा कोरोना नलाग्नेजस्तो गरिने गरेको बताए। राष्ट्रपतिको मुख्य काम प्रधानमन्त्री नियुक्त गर्नु भए पनि राष्ट्रपतिले संवैधानिक काम गर्न नसकेको उनले बताए।भने, ‘कोरोना रोग प्रधानमन्त्रीको प्रेमिकाजस्तो बनेको छ। प्रधानमन्त्रीलाई असहज भयो कि यो उफ्रेर नेपालमा आउँछ। अनि निषेधाज्ञा

किर्ते दाबीले मध्यावधिमा देश गएको हो : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुको किर्ते दाबीका कारण देश मध्यावधिमा गएको बताए। प्रधानमन्त्रीले आज संचारकर्मीसँगको अन्र्तक्रियामा भने, ‘विपक्षीको दाबी किर्ते, अलोकतान्त्रिक, असंसदीय र अस्वस्थ दाबी हो। अरुको दलभित्र खेलेर, दलीय अनुशासन तोडाएर राष्ट्रपतिलाई पेश गरेर वैकल्पिक सरकार बन्छ? मेरो दाबीमा सरकार बने पनि विश्वासको मत प्राप्त गर्ने आधार नभएको र विपक्षीको त कुनै आधार नै थिएन।’

विश्वासको मत पाउन असफल : प्रधानमन्त्री ओली कामचलाउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वास गुमाउनु भएको छ । प्रतिनिधिसभाको सोमवार बसेको बैठकमा ओलीले पेश गर्नुभएको विश्वासको मतको प्रस्ताव सभाले अस्वीकृत गरेसँगै संविधानतः ओली सरकार कामचलाउ सरकार बनेको छ । सरकार निर्माण सम्बन्धमा अन्योल कायम रहे पनि सोमबारको मतदानले राजनीतिक निकास खोल्ने अपेक्षा गरिएको छ । सोमवार प्रतिनिधिसभासमक्ष प्रधानमन्त्री ओलीले राखेको विश्वासको मत प्राप्त गर्ने सम्बन्धी प्रस्तावको पक्षमा ९३ मत मात्रै परेकाले उहाँको सरकार कामचलाउमा परिणत भएको हो । प्रधानमन्त्रीका रूपमा निरन्तरताका लागि ओलीलाई प्रतिनिधि सभामा कायम कुल २७१ सांसदको बहुमत अर्थात् १३६ मत आवश्यक थियो । २३२ जना सांसद उपस्थित प्रतिनिधि सभाको विशेष बैठकमा प्रधानमन्त्री ओलीले राख्नुभएको प्रस्तावको विपक्षमा १२४ मत प¥यो भने १५ जना सांसदले पक्ष वा विपक्षमा मतदान गरेनन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले विपक्षमा मतदान गरे । त्यस्तै, जसपाकै अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका सांसद तटस्थ बसे । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद बैठकमा सहभागी भएनन् । माओवादीले समर्थन फिर्ता नलिँदै प्रधानमन्त्री ओलीले संविधानको धारा १०० को प्रावधानअनुसार विश्वासको मत लिएका थिए । ओली नेकपा (माओवादी केन्द्र) को समर्थनमा ३ फागुन २०७४ मा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । आम निर्वाचनबाट बहुमत प्राप्त नेकपाको संसदीय दलको नेताको हैसियतमा ओली प्रधानमन्त्री हुनुभएको थियो । तर, सोमवार उहाँले प्रतिनिधिसभामा बहुमत सिद्ध गर्न सक्नुभएन । प्रधानमन्त्री ओली पदमुक्त भए पनि नयाँ प्रधानमन्त्री नियुक्त नहोउन्जेल ओलीले नै कामचलाउ प्रधानमन्त्रीका रूपमा काम गर्नु हुनेछ । प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गर्दै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सभाको अर्काे बैठक ३० वैशाख दिउँसो १ बजेका लागि बोलाउनुभयो । तर, सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको अधिवेशन नै अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ । बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त्य गर्न सिफारिश गरेको सरकारका एक मन्त्रीले जानकारी दिए । नेकपाको माधव नेपाल समूहको आगामी रणनीति केहो भन्ने स्पष्ट छैन । त्यसैले नयाँ सरकार कस्तो बन्छ वा यही सरकारले निरन्तरता पाइरहन्छ भन्ने अन्योल कायमै छ । संसद्मा आरोप–प्रत्यारोप प्रतिनिधिसभासमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको प्रस्तावमाथि छलफलका क्रममा सोमवार दलहरूबीच आरोपप्रत्यारोप चल्यो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्था समाप्त गरेको आरोप लगाए । संसद् पुनःस्थापना भएपछि राजीनामा दिनुपर्नेमा अटेर गरेको भन्दै देउवाले ओलीको चर्को आलोचना गरे । त्यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि प्रतिनिधिसभासमक्ष विश्वासको मत माग्ने नैतिक अधिकार ओलीले गुमाएको भन्दै आक्रोश पोखे । प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ विश्वासको मत लिएर आएको हुन सक्ने उनको आशंका थियो । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बजेट र योजना विनाको शिलान्यास गरेर ओली सरकारले गलत काम गरेको बताए । उनले भने, ‘आयोजनाको डिजाइन पनि छैन, बजेट पनि छैन, हतार÷हतार शिलान्यास गरेको छ, बजेट र योजनाविनाको शिलान्यासलाई विकास भनिँदैन प्रधानमन्त्रीजी ।,’ संसद्मा बोल्ने अन्य दलले समेत ओली सरकारको चर्को आलोचना गरेका थिए तर प्रधानमन्त्री ओलीले भने आप्mनो सरकारको रक्षा गर्नुभयो । नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान काठमाडौं (अस) । वर्तमान सरकार कामचलाउ बनेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । सोमवार विज्ञप्ति जारी गर्दै उहाँले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्रीको दाबी पेश गर्न आह्वान गर्नुभएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई ३० गते बिहीबारका दिन साँझ ९ः०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न राष्ट्रपतिले आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ताले केशवप्रसाद घिमिरेले जानकारी दिए ।

म छँदाछँदै अर्को सरकार बन्छ भनेर कसरी चिताउँछु ? : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छँदाछँदै अर्को प्रधानमन्त्री बन्छ भनेर विश्वास गर्न नसक्ने बताएका छन् । संसदमा विश्वासको मत माग्नका लागि प्रस्ताव राख्ने क्रममा बहकिँदै प्रधानमन्त्री ओली भोलि सरकार जस्तो बन्ला जसको बन्ला भन्न पुगेका थिए ।  “भोली सरकार कस्तो बन्ला, कस्तो बन्ला त्यो तपशीलको विषय हो,” त्यसो भन्दै...

म छँदा छँदै अर्को प्रधानमन्त्री बन्छ भन्ने नचिताउनुः प्रधानमन्त्री ओली

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छँदा छँदै अर्को प्रधानमन्त्री बन्छ भन्ने अहिले नै नचिताउन भनेका छन् । आज प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा बोल्दै उनले आफू नै प्रधानमन्त्रीमा रहने संकेत समेत गरे । ओलीले भने,‘म छँदा छँदै अर्को प्रधानमन्त्री बन्छ भन्ने नचिताउनु ।’ ओलीले सरकार जस्तो बनेपनि जे बनेपनि कोरोना […]

कसैलाई नपचेर के गर्ने अर्को पटक दुई तिहाईको सरकार बन्छ : प्रधानमन्त्री ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता कायम हुन नदिने विभिन्न षड्यन्त्र भइरहेको बताउनुभएको छ ।  मदन आश्रित स्मृति दिवस र पार्टी एकताको एक वर्ष पुगेको अवसरमा मदननगर बल्खुमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता हुन नदिने प्रयास भइरहेको बताउनुभएको हो । उ...

तुइन हटाएर झोलुङ्गे पुल नबने केबलकार बन्छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाका सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुभएको छ । प्रधानमन्त्री ओलीले आफूले चार महिनाको अवधिमा थुप्रै काम गरिसकेको बताउनुभयो । ‘चार महिनाको अवधिमा कति काम गर्न सकिन्छ रु’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘स्टे अर्डरले पनि हैरान पारेको छ । सम्मानित ...