प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा क्षति हुन नदिन वैकल्पिक सिकाई प्रक्रियाको सुरुवात गरिएको बताएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबारबाट सुरु गरेको वैकल्पिक सिकाई प्रविधिको शुभारम्भको घोषणा गर्दै प्रधानमन्त्री ओलीले बालबालिकाको सिकाईमा क्षति हुन नदिने बताएका हुन्।