एमालेले भन्यो 'मध्यराति बजेटमा करको दर हेरफेर गर्ने अमुक व्यक्तिबारे अर्थमन्त्रीले जवाफ दिनुपर्छ'

नेकपा(एमाले)का सांसद योगेश भट्टराईले सञ्चार माध्यमहरुमा आए अनुसार आ.व. २०७९÷८० को बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अमुक व्यक्तिले हस्तक्षेप गरेको विषयमा स्पष्ट पार्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा समय माग गरि बोल्दै सांसद भट्टराईले आ.व. २०७९÷८० को बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रतिनिधि मार्फत् करको दर हेरफेर गर्न मन्त्रालयका पदाधिकारीहरुलाई दबाब दिएको भन्दै यस विषयमा प्रष्ट पार्न सरकारसँग माग गरेका छन् । उनले अर्थमन्त्री शर्माले आफ्नो अमुक प्रतिनिधिलाई जेठ १४ गते मध्यराती अर्थमन्त्रालयमा खटाई विद्युतिय गाडीका कर, स्वास्थ्य विमाको विषय, फलाम र फलामजन्य वस्तुहरुको कर, सेनिटरी प्याडको कर लगायको विषयमा करको दर हेरफेर गराएको सञ्चारमाध्यममा समाचार आएको उल्लेख गरे । यस विषयमा प्रधानमन्त्री र अर्थमन्त्री दुवैले स्पष्टिकरण दिनुपर्ने बताए । अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा त्यसरी अर्थमन्त्रालयमा मानिसलाई प्रवेश गराउनु राष्ट्रको नाममा खाएको सपथको खिलाप भएको उनले बताए ।उनले भने ‘जर्बजस्ती अर्थमन्त्रीको निर्देशनमा मध्येरातमा तमाम बस्तुहरुमा राजस्व र भन्सारका दरहरु तलमाथि गरेर के गर्न खोजिएको हो ? हामी यो गम्भिरताका साथ प्रश्न उठाउन चाहान्छौँ । हामीले सपथ खाएका छौँ । स्वयम् सभामुख महोदयले सपथ खानुभएको छ । हामीले सपथ खाएका छौँ । हरेक मन्त्रीले सपथ खाएका छौँ । र हामीले के भनेका छौँ भने पदमा रहँदा अथवा नरहँदा राज्यका कुनैपनि गोपनीयताहरु भंग गरिदैन । त्यसमा पनि बजेट निर्माणको हाम्रो एउटा प्रक्रिया छ । बजेट निर्माणको झण्डै एक महिना अगाडीदेखि बजेट शाखामा र अर्थमन्त्रालयमा कुनैपनि मानिसहरुलाई प्रवेश दिइदैन । माननीय सदस्यहरुलाई पनि प्रवेश दिइदैन । त्यस्तो ठाउँमा यस्ता काम हुन्छन् भने यो राष्ट्रको नाममा खाएको सपथको पनि खिलाप हो । र यो जनघात मात्रै होइन, यो राष्ट्रघात पनि हो । किनभने यसले हाम्रा कतिपय उद्योग, व्यवसायमाथि धराशही भएका छन् । यस विषयमा म गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु । सभामुख महोदयमार्फत् यो गरिमामय संसदमा माननीय अर्थमन्त्रीजीले यसको स्पष्टिकरण दिनुपर्छ भन्ने कुरा पनि म राख्न चाहान्छु । र सभामुख महोदयमार्फत् यसमा अर्थमन्त्रीजीको मात्रै सवाल होइन । प्रधानमन्त्रीजीको भनाई के छ ? प्रधानमन्त्रीजी र सत्तारुढ दलका समस्त नेताहरु र यो सिंगो संसद यसमा ध्यानाकर्षण हुनुपर्छ । प्रधानमन्त्रीजीको पनि ध्यानाकर्षण हुनुपर्छ भन्ने कुरा म राख्न चाहान्छु ।’सांसद भट्टराईले अर्थमन्त्रालयबाट त्यसो गरिनु राष्ट्रघात भएको बताए । करको दर हेरफेर हुँदा नेपालका उद्योगहरु धराशही भएको उनले बताए ।

सम्बन्धित सामग्री

अन्धाधुन्ध करको दर हेरफेर गरिएको लिङदेनको आरोप

काठमाडौं,२५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बजेट वक्तव्य सार्वजनिक गर्ने अघिल्लो दिन अर्थमन्त्री डा.प्रकाशशरण महतले अन्धाधुन्ध करको दायरा हेरफेर गरेको आरोप लगाएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बजेटमाथि आफ्नो धारणा सार्वजनिक गर्दै लिङदेनले बजेटले जनतालाई आशा जगाउने खालको नीति अंगिकार गर्न नसकेको बताए । उनले भने ‘करको दर र दायरा बढाउने […]

अनधिकृत व्यक्तिले करको दर हेरफेर गरेको पुष्टि भएन : प्रतिवेदन

संसदीय विशेष छानबिन समितिले अनधिकृत व्यक्तिले बजेटमा करको दर हेरफेर गरेको पुष्टि नभएको निष्कर्ष निकालेको छ । समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवेदनमा त्यस्तो निष्कर्ष निकालिएको छ ।  प्रतिवेदनमा सिसिटिभी...

करको दर हेरफेर गर्ने कारण र राजस्व परिचालनमा पार्ने प्रक्षेपण सुरक्षित राख्नू

१३ साउन, काठमाडौं । संसदीय विशेष समितिले करका दर हेरफेर गर्ने कारण र राजस्व परिचालनमा पार्ने प्रक्षेपण सुरक्षित राख्नुपर्ने निष्कर्ष निकालेको छ । करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रयोग भएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित समितिले यस्तो निचोड निकालेको हो । ‘…करका दरहरू हेरफेर गर्ने कारण र औचित्य पुष्टि तथा राजस्व परिचालनमा पार्ने […]

बुटवल उपमहानगरपालिकामा करको दर हेरफेर

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि करको दरमा हेरफेर गरेको छ । आव २०७९/८० का लागि स्वीकृत आर्थिक ऐन, २०७९ अनुसार सम्पत्ति, घरबहाल, इरिक्सा, हाटबजार करलगायतमा हेरफेर गरी साउन १ गतेदेखि लागू भएका छन् । उपमहानगरपालिकाले यसअघि लागू गरेको सम्पत्ति र घरबहाल कर १० प्रतिशतले घटाएको छ । सम्पत्ति कर सम्पत्तिको […]

करको दर हेरफेर भएको भन्दै आपत्ति

काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न सामानको भन्सार तथा करको दर हेरफेर भएको भन्दै आपत्ति जनाएका छन् । उनले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिमार्फत करको दरमा तलमाथि गरिएको आरोप लगाए । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर सांसद भट्टराईले विद्युतीय सवारी साधन, सेनिटरी प्याडलगायतका सामग्रीमा […]

करको दर हेरफेर भएको भन्दै आपत्ति

काठमाडौँ,३० जेठ । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न सामानको भन्सार तथा करको दर हेरफेर भएको भन्दै आपत्ति जनाएका छन् । उनले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिमार्फत करको दरमा तलमाथि गरिएको आरोप लगाए । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर सांसद भट्टराईले विद्युतीय सवारी साधन, सेनिटरी प्याडलगायतका […]

करको दर हेरफेर भएको भन्दै एमाले सांसद भट्टराईको आपत्ति

नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न सामानको भन्सार तथा करको दर हेरफेर भएको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिमार्फत करको दरमा तलमाथि गरिएको आरोप लगाउनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर सांसद भट्टराईले विद्युतीय सवारी साधन, सेनिटरी प्याडलगायतका सामग्रीमा कर वृद्धि […]

करको दर हेरफेर भाग्योदय चिठ्ठा जस्तो भयो, पारदर्शी हुनुपर्छः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थ मन्त्रालयले करको दर हेरफेर गर्दा जनप्रतिनिधिलाई आश्वास्त पार्नुपर्ने बताएका छन्।...