करको दर हेरफेर भएको भन्दै एमाले सांसद भट्टराईको आपत्ति

नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न सामानको भन्सार तथा करको दर हेरफेर भएको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिमार्फत करको दरमा तलमाथि गरिएको आरोप लगाउनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर सांसद भट्टराईले विद्युतीय सवारी साधन, सेनिटरी प्याडलगायतका सामग्रीमा कर वृद्धि […]

सम्बन्धित सामग्री

जवाफ खोज्न बनेको थियो छानबिन समिति, प्रश्नैप्रश्न बोकेर आयो प्रतिवेदन

संसदीय विशेष समितिले अनुसन्धानका नाममा औपचारिकता र सत्ताशक्तिसामू निरीहता प्रदर्शन गरेपनि नागरिकका मनमा अझै प्रश्नहरु बाँकी छन्, जसको जवाफ बहिर्गमित अर्थमन्त्री शर्माले भविश्यमा पनि दिइराख्नुपर्ने छ ।

एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

काटमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभाको आजको बैठक बहिस्कार गरेका छन्। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो। एमाले सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिन अघि अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरिएको आरोप लगाउँदै आएका छन्। उक्त विषयमा संसदीय छानविन समिति बनाउन एमालेले माग गर्दै आएको छ। बैठकको सुरुमै एमाले सांसद

अर्थमन्त्री नैतिक रुपमा पदमा बसिरहन मिल्दैनः एमाले

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मा नैतिक रुपमा पदमा बसिरहन नमिल्ने बताएको छ। सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व अर्थमन्त्री समेत रहेका एमाले सांसद सुरेन्द्र पाण्डेले बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भन्नेबारे प्रश्न उठ्दा पनि अर्थमन्त्री संसदमा उपस्थित भएर जवाफ नदिएको भन्दै राजीनामा मागेका हुन्।