टी–२० विश्वकप क्रिकेटमा श्रीलङ्काले आयरल्याण्डलाई नौ विकेटले हरायो, भारत र पाकिस्तानको खेल चल्दै

अष्ट्रेलियामा चलिरहेको टी–२० विश्वकप क्रिकेट सुपर १२ को खेलमा श्रीलङ्काले आयरल्याण्डलाई नौ विकेटले पराजित गरेको छ । आयरल्याण्डले दिएको एक सय २९ रनको लक्ष्य श्रीलङ्काले १५ ओभरमा १ विकेट गुमाएर पूरा गर्योे । श्रीलङ्काको लागि कुशल मेन्डिसले ४३ बलमा अविजित ६८ रन बनाए । धनन्जय डि सिल्भा र चरिथा असलंकाले समान ३१–३१ रन बनाए । आयरल्याण्डका लागि गारेथ डिलेनीले १ विकेट लिए । पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर एक सय २८ रन बनाएको थियो । आयरल्याण्डका लागि ह्यारी टेक्टरले ४२ बलमा ४५ रन र प...

सम्बन्धित सामग्री

जारी विश्वकपमा कमजोर इंग्ल्यान्ड र अपराजित भारत भिड्दै

काठमाडौं- एकदिवसीय विश्वकप क्रिकेटमा आइतबार भारत र इंगल्यान्ड प्रतिस्पर्धा गर्दै छन्। अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम, लखनउमा दिउँसो २:१५ मा खेल सुरु हुने छ। जारी विश्वकपमा साविक च्याम्पियन इंगल्यानड खराव लयमा रहँदा भारत आफ्नो उच्च लयलाई निरन्तरता दिन मैदानमा उत्रिने छ। त्यसोत विश्वकपमा इतिहासमा भारत इंगल्यान्ड सँग विगत २० वर्षयता निरीह रहँदै आएको छ। […]

भारत र पाकिस्तानले रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौँ – क्रिकेट रहस्यमय र अनुमान गर्नै नसकिने खेल भनेर भन्ने गरिन्छ। किनकि खेल अवधिभर कसले खेल जित्छ? कसले हार्छ अनुमान गरेर पनि त्यो गलत साबित भइदिन सक्छ। अष्ट्रेलियामा चलिरहेको टी–ट्वान्टी विश्वकप क्रिकेटमा अहिले त्यस्तै भइरहेको छ। आयोजक अष्ट्रेलिया आफैँ समूह चरणबाटै बाहिरियो। समान अंक भए पनि नेट रनरेट माइनस भएका कारण अष्ट्रेलिया सेमिफाइनल पुग्नै […]

आईसीसी टी–२० क्रिकेट : पाकिस्तान र बंगलादेश तथा भारत र जिम्बाव्बे भिड्ने

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आइतबार पाकिस्तान र बंगलादेश तथा भारत र जिम्बाब्वे भिड्दैछन्। अष्ट्रेलियामा जारी विश्वकप प्रतियोगिताअन्तर्गत समूह २ का पाकिस्तान र बंगलादेशबीचको खेल बिहान पौने १० बजे सुरु हुँदैछ। यो खेलमा बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलको यात्रा सुरक्षित गर्ने लक्ष्यमा पाकिस्तान हुनेछ। समूहमा समान अंक जोडेको बंगलादेश पनि सेमिफाइनलकै लक्ष्यमा हुनेछ । यही समूहका भारत र जिम्बाब्वेबीचको खेल दिउँसो पौने २ बजे मेलबर्नमा हुँदैछ। भारत पनि आइतबारको खेल जित्दै सेमिफाइनलको

टी–२० विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र श्रीलंका खेल्दै

टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ । आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ । अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्...

विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

अष्ट्रेलियामा जारी टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारत र पाकिस्तान भिड्दै छन् । आजको खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुने छ । सुपर १२ को चरण अन्तर्गत समुह २ मा रहेका यी दुई टोली आमने सामने हुन लागेका हुन् । भारत रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ भने पाकिस्तान बाबर आजमको कप्तानीमा अमिदन उत्रने छ ।  एक महिना अगाडी मात्र यी २ टिम एसिया कपमा २ पटक प्रतिस्पर्धा गरेका थिए । जसमा एउटा खेल भारतले २ बल बाँकि रहेंदा जितेको थियो भने अर्को खेल पाकिस्तानले १ बल बाँकि रहंदा जितेको थियो । भारत र पाकिस्तान रहेको समुहमा बंगलादेश,  साउथ अफ्रीका, नेदरल्याण्ड र जिम्बाबे पनि छन् । नेदरल्याण्ड र जिम्बाबे पहिलो राउण्डमा शिर्ष २ स्थानमा रहँदै सुपर १२ चरणमा प्रवेश गरेका हुन्  । यस समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।त्यस्तै अर्को समुहमा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड, न्युजील्याण्ड, आयरल्याण्ड र श्रीलंका रहेक  छन् । आयरल्याण्ड र श्रीलंका  पहिलो राउण्डमा शिर्ष २ स्थानमा रहँदै सुपर १२ चरणमा प्रवेश गरेका हुन्  । यस समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।पहिलो राउण्ड नै पार गर्न नसकेपछि यस पटकको सुपर १२ चरणमा वेस्ट इन्डिज समावेश छैन । वेस्ट इन्डिज २ पटक टि २० विश्वकपको उपाधि जितेर सर्वाधिक सफल टोलीको रुपमा रहेको छ ।

विश्वकप क्रिकेटमा आज दुई खेल, भारत बाहिरि सकेको स्कटल्याण्डसँग खेल्दै

काठमाडौं, १९ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकपमा क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा न्युजिल्याण्ड र नामिबिया प्रतिस्पर्धा गर्दैछन् । सुपर १२ को समूह–२ अन्तर्गतको न्युजिल्याण्ड र नामिबियाबिचको खेल सारजाह क्रिकेट स्टेडियममा हुँदैछ । खेल दिउँसो ३ः४५ बजे सुरुहुनेछ । न्युजिल्याण्ड ३ खेलमा २ जित र १ हारसँगै ४ अंक सहित समुहको […]

टी–२० विश्वकप क्रिकेट : भारत र न्युजिल्यान्ड तथा अफगानिस्तान र नामिबिया खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । सुपर १२ को समूह दुईमा रहेका अफगानिस्तान र नामिबिया तथा भारत र न्युजिल्यान्ड खेल्न लागेका हुन् । अफगानिस्तान र नामिबियाको खेल दिउँसो पौने ४ बजे अबुधाबीमा सुरु हुनेछ । यसअघिका खेलमा अफगानिस्तान पाकिस्तानसँग पराजित भएको थियो भने स्कटल्यान्डलाई हराएको थियो त्यस्तै नामिबियाले पनि स्कटल्यान्डलाई हराएको थियो । आज हुने दोस्रो खेलमा भारत र न्युजिल्यान्ड बेलुका पौने आठ बजे दुबईमा खेल्दैछन् । दुई वटै टोलीलाई आजको खेलमा जित महत्त्वपूर्ण छ । भारत र न्युजि...

विश्वकप क्रिकेटमा भारत-पाकिस्तान भिड्दै

आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज आइतबार दुई खेल हुँदैछ। विश्वकपको सुपर १२ अन्तर्गत आज दुई खेलहरु हुनेछन्। विश्वकपमा आज बहुचर्चित भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ।