अमेरिकी मन्त्रीको देउवा-ओली- दाहाललाई चेतावनी- 'एमसीसी पास नभए सम्बन्ध पुनरावलोकन गर्छौं'

एमसीसीको विषयमा नेपालले ५ वर्षअघि गरेको प्रतिबद्धता पूरा नगरे अमेरिकाले नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्नसक्ने भन्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरुलाई चेतावनी दिएका छन् ।

सम्बन्धित सामग्री

एमसीसी पास गरेको भन्दै जिल्ला संयोजकसहित पाँचजनाले त्यागे माओवादी

जनकपुरधाम – अमेरिकी सहयाेग परियाेजना एमसीसी पास गरेको भन्दै  महोत्तरीका जिल्ला संयोजकसहित पाँचजना नेताले नेकपा माओवादी केन्द्र परित्याग गरेका छन्। नेपालमा एमसीसी पास गरेर देशको राष्ट्रियता, राष्ट्रिय सार्वभौमिकता र नेपाली जनताको भावनासँग खेलवाड गरेको भन्दै उनीहरूले पार्टी परित्याग गरेकाे घाेषणा गरेका हुन्। बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीका मधेस प्रदेश सदस्यसमेत रहेका महोत्तरी जिल्ला संयोजक […]

एमसीसी पास नभए मुलुक गम्भीर आर्थिक संकटमा : कोइराला

विराटनगर-नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग परियोजना एमसीसी पास नभए मुलुक गम्भीर आर्थिक संकटमा फस्ने चेतावनी दिएका छन् ।राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस विराटनगर ९ नम्बर वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले अमेरिकासँग सम्झौता भइसकेकाले एमसीसी पास गर्नुको विकल्प नभएको प्रस्ट पारे । उनले एमसीसी नेपालबाट फिर्ता गए अमेरिकाले विश्व […]

एमसीसी पास गर्न हाम्रो समर्थन हुन्न : माधव नेपाल

८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न समर्थन नगर्ने बताएका छन् । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आइतबार संसदमा एमसीसी टेबल भएको छ । संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘पास गर्ने कुरामा हाम्रो समर्थन छैन ।’

एमसीसी पास पनि हुनसक्छ, फेल पनि हुनसक्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास या फेल जे पनि हुनसक्ने बताएका छन् । एमसीसी देशको हितमा रहेकोले पारित गर्नुपर्ने कांग्रेसको धारणा रहेको समेत उनले बताए ।  कांग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक लोकार्पण गर्न बिहीवार बालुवाटारमा आयोजित कार्यक्रममा देउवाले एमसीसी पास या फेल हुने सम्भावना बराबर रहेको बताएका हुन् ।  कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले अन्तराष्ट्रिय विश्वसनीयता कायम राख्नु पर्ने भन्दै कांग्रेस एमसीसीको पक्षमा रहेको बताए ...

कांग्रेस बैठकमा प्रधानमन्त्री देउवाले भने– एमसीसी पास हुनुपर्छ

३ फागुन, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदन हुनुपर्ने बताएका छन् । संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी परियोजना एमसीसी अनुमोदन गर्नुपर्ने बताएका हुन् । ‘उहाँले (सभापति) भन्नुभयो कि एमसीसी पास हुनुपर्छ’, संसदीय दलको बैठकपछि कांग्रेस नेता शशांक कोइरालाले भने । उनका अनुसार बैठकमा एजेण्डा प्रस्तुत गर्दै प्रधानमन्त्री देउवाले एमसीसी […]

एमसीसी पास नगरे गठबन्धन तोड्ने देउवाको चेतावनी

१६ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नैपर्ने बाध्यतामा आफू रहेको बताएका छन् । उनले एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनीसमेत दिएका छन् । शनिबार साँझ सत्तारुढ पाँच दलको बैठक राखेर स्थानीय निर्वाचनमा जेठमा गर्ने सहमति जुटाएका देउवाले लगतै एमसीसीबारे छलफल गरेका थिए […]

संशोधन गरेर भएपनि एमसीसी पास गर्नुपर्छ : युवा अभियन्ता मंगल थापा

काठमाडौं, ७ पुस । सामाजिक अभियन्ता मंगल थापाले अमेरिकी सहयोग सम्झौता (एमसीसी) पास गर्नुपर्ने धारणा राखेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर थापाले नेपाल सरकारले संशोधन गरेर भएपनि एमसीसी पास गरेर अघि बढ्नुपर्ने र अमेरिकासँगको दौंत्य सम्बन्ध बिर्गान नहुने बताएका हुन् । थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बौद्धिक व्यक्तित्वको संज्ञा दिए । […]

एमसीसी पास भए अमेरिकी सेना आउछ भन्नु हावादारी कुराः गुरु भट्टराई

काठमाडौं, २९ मंसिर । नेकपा (एमाले)का नेता गुरु भट्टराईले एमसीसी पास भए नेपालमा अमेरिकी सेना आउछन् भन्ने हावादारी कुरा रहेको टिप्पणी गरेका छन् । प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले एमसीसी सम्झौतामा अहिलेसम्म देशको हित विपरित कुनैपनि बुँदा आफुले नभेटाएको बताएका छन् । यस्तै, उनले एमसीसीमा रहेका ट्रान्समिसन […]

नेपालले एमसीसी पास नगरे अन्यत्र लैजाने अमेरिकी सहायक विदेशमन्त्रीबाट प्रष्ट

दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालले एमसीसी पारित नगरे अन्यत्र लैजाने स्पष्ट पारेका छन् । यसअगाडि पनि अमेरिकी अधिकारीहरुले नेपालमा एमसीसी पारित नभएका उक्त सहयोग आवश्यक भएका अन्य मुलुकमा जाने बताउँदै आएका थिए । नेपाल भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै लुले एमसीसी पास गर्ने नगर्ने नेपालले सार्वभौमरुपमा गर्ने निर्णय भएको […]

सत्तामा जान प्रचण्डले एमसीसी पास गर्ने सम्झौता गरे : सीपी मैनाली

काठमाडौँ। नेकपा मालेका महासचिव सीपी मैनालीले सत्तामा जानका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी शक्तिसँग एमसीसी पास गराउने सम्झौता गरेको आरोप लगाएका छन्। अहिले विदेशी शक्ति रिझाउने होडबाजी चलिरहेको भन्दै मैनालीले माधव नेपाल, झलनाथ खनालसमेत एमसीसीको पक्षमा देखिनुले विदेशी शक्तिसँग मिलेको स्पष्ट हुने बताएका छन्।