संशोधन गरेर भएपनि एमसीसी पास गर्नुपर्छ : युवा अभियन्ता मंगल थापा

काठमाडौं, ७ पुस । सामाजिक अभियन्ता मंगल थापाले अमेरिकी सहयोग सम्झौता (एमसीसी) पास गर्नुपर्ने धारणा राखेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर थापाले नेपाल सरकारले संशोधन गरेर भएपनि एमसीसी पास गरेर अघि बढ्नुपर्ने र अमेरिकासँगको दौंत्य सम्बन्ध बिर्गान नहुने बताएका हुन् । थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बौद्धिक व्यक्तित्वको संज्ञा दिए । […]