दाङ : तुलसीपुर उपमहानगरपालिका-१० स्थित पातुबनगाउँ मावि ‘ग’ मतदान केन्द्रको मतदान पुनः सुरू भएको छ। प्रतिनिधिसभाको नदिएर प्रदेश सभाको मात्रै पठाएपछि त्यहाँको मतदान कार्य रोकिएको थियो।पहिले खसेका ९१ वटा मत नै बदर गरि पुनः मतदान सुरु गरिएको दाङ क्षेत्र नं। ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए। उनका अनुसार दोस्रो पटक ४२ जनाले मत खसालिसकेपछि मात्रै यो कुरा थाहा भएपछि मतदान कार्य रोकिएको थियो।कर्मचारीको असावधानीका कारण यस्तो समस्या देखिएको छ। सोही मतदान केन्द्रमा ७ सय ६८