काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) को बहुप्रतिक्षित प्रतियोगिता नेपाल टी–२० लिग काठमाण्डौमा चलिरहेको छ । लिगमा विदेशी खेलाडीदेखि नेपाली राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीले सहभागिता जनाएका छन् । ३६ खेलमध्येको २१ खेलमा खेलाडीले पारिश्रमिकको माग राख्दै विरोध गरेपछि खेल निर्धारित समयभन्दा केही घण्टा पछि धकेलियो । पारिश्रमिकदेखि आयोजना र फिक्सिङसम्म भएको चर्चा प्रतियोगितामा चलिरहेको बेला काठमाण्डौ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका कुनै खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएका छन् । पारिश्रमिको विषयला...