चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाभित्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ७० अर्ब ७४ करोड रुपैयाँ बराबरको थप धितोपत्र (सेयर) सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत कम्पनीको संख्या मंसिर मसान्तसम्म २२४ पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा मंसिर मसान्तसम्म पूँजी बजारको अवस्थाबारे तथ्याङ्क उल्लेख छ । साउनदेखि मंसिरसम्म ४६ अर्ब १६ करोड बराबरको डिबेन्चर, नौ अर्ब ४६ करोड बराबरको साधारण सेयर, आठ अर्ब ९३ करोड बराबरको