‘युवासँग प्रशिक्षण गर्दा आत्मविश्वास बढ्दो रहेछ’

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगका सबैभन्दा पाका खेलाडी हुन्, विजय गुरुङ । पहिलो खेलमा उनले स्पोर्ट्स क्यासलबाट गोल पनि गरे । अला (मिडफिल्डर) पोजिसनका यी भेट्रान खेलाडी सन् २०१७ मा एएफसी कप छनोटलाई तयार गरिएको नेपालको पहिलो राष्ट्रिय फुटसल टिमका सदस्य हुन् । एन्फा एकेडेमीको पहिलो ब्याचका विजय नेपाली फुटसलमा लेफ्ट विंग्स पोजिसनमा खेल्ने सम्भवतः अहिलेसम्मकै उत्कृष्ट खेलाडी हुन् ।

सम्बन्धित सामग्री

गगनको प्रश्न : १६५ क्षेत्रमै उम्मेदवार उठाउने आत्मविश्वास किन नराख्ने ?

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को चुनावमा प्रतिनिधिसभाका सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्ने आत्मविश्वास पार्टीसँग हुनुपर्ने बताएका छन् । रुपन्देहीको भैरहवामा पार्टी प्रशिक्षण कार्यक्रममा बोल्ने क्रममा महामन्त्री थापाले प्रतिनिधि …

गुजरात समिटमा देखिएको भारतको आत्मविश्वास

दक्षिण एशिया पछौटेपनको शिकार भएको छ । संस्थागत भ्रष्टाचार, अस्थिर सरकार र राजनीतिक विवादले गर्दा दक्षिण एशियाका अधिकांश मुलुकको आर्थिक अवस्था तरल देखिएको छ । तर, प्रतिकूल अवस्थामा पनि भारतीय अर्थतन्त्र ७ दशमलव ५ को दरले फड्को मारिरहेको छ । दक्षिण एशियाको ट्रान्जिट प्वाइन्ट भारत नहुन्जेलसम्म यस क्षेत्रको समग्र विकास सम्भव छैन । वर्तमान परिवेशमा विकासको प्रमुुख आधार नै आन्तरिक व्यापार हो । छिमेकको विकासको हावा र हुरीको सकारात्मक प्रभाव रहन्छ । नब्बेको दशकमा भारतमा शुरू भएको खुला अर्थतन्त्रलाई समयानुकूल उपयोग गर्दै अगाडि बढिरहेको छ ।  सन् २०२४ जनवरी १० देखि गुजरातको गान्धीनगरमा ४ गुजरात समिट शुरू भएको छ । यूएईका राष्ट्राध्यक्षले समेत कार्यक्रमलाई महिमामण्डित गरेको छ । यूएईका राष्ट्राध्यक्षलाई उच्च महत्त्व दिनुका अनेकौं आयाममध्ये राजनीतिक आयाम पनि एक हो । काश्मिरमा ३७० धारा हटाउनेबित्तिकै मुस्लिम नेतृत्वको विरोधको स्वरलाई मत्थर गर्न यूएईले काश्मिरमा ठूलो व्यापारिक हब खोल्ने घोषणा गरेको थियो । राममन्दिरको प्राणप्रतिष्ठाको विरोधमा मुस्लिम नेतृत्वहरूको चर्को विरोध भइरहेको बेला मुस्लिम नेतृत्वहरूको आवाजलाई मत्थर गर्न मोदीले मोहम्मद जिन जायदको प्रमुख आतिथ्यलाई एउटा ठूलो क्षेप्यास्त्रका रूपमा प्रयोग गरेका छन् । यूएईबाट वर्षेनि भारतले २५ अर्ब विप्रेषण प्राप्त गर्दै आएको छ । गुजरात समिट संसारका उच्च व्यापारिक घरानाका प्रतिनिधिहरूको सहभागी रहेको छ । १०० भन्दा बढी मुलुकको सहभागिताले कार्यक्रम आर्थिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको छ । कार्यक्रमलाई गेटवे टु फ्युचर (भविष्यको द्वार) को नामकरण गरिएको छ । भारतले आउने २५ वर्षको गुरुयोजनालाई प्रत्याभूत गर्न निवेशकर्ताहरूको महाकुम्भका रूपमा यसलाई लिएको छ । विगतका कानूनलाई विकासमैत्री बनाउन मोदी सरकारले कानूनका ४० हजार धारा र उपधारा खारेज गरेको छ । भारत वैकल्पिक ऊर्जाको खोजीमा छ । विगतका दिनमा भारतको नवीकरणीय उर्जाको क्षमतामा ३ गुणा वृद्धि भएको छ । सौर्य ऊर्जाको क्षमतामा २० प्रतिशत वृद्धि भएको छ । सन् २०१४ मा स्टार्टअपको संख्या १०० जति थियो, २०२३ मा १ लाख १५ हजारभन्दा बढी पुगेको छ । मोदी सरकारको आर्थिक नीतिले गर्दा १३ करोड ५० लाख मान्छे गरीबीको रेखाबाट बाहिर आएका छन् । विमानस्थलको संख्या ७४ थियो, अहिले १४९ पुगेको छ । मेट्रोको संख्यामा समेत तीन गुणा वृद्धि भएको छ । गुजरात समिटका माध्यमबाट सरकारले उच्च व्यापारिक घरानाहरूबाट निवेशको वचनबद्धताको अपेक्षा गरेको छ । कार्यक्रममा रिलायन्स कम्पनीका अध्यक्ष मुकेश अम्बानीले आफ्नो निवेशको घोषणा गुजरात समिटमा सार्वजनिक गरेका छन् । भारतमा १५० अर्ब अमेरिकी डलर लगानी भइरहेको परिदृश्यमा एक तिहाइ लगानी गुजरातमा नै भएको उनले उल्लेख गरेका छन् । हरित विकास र वैकल्पिक ऊर्जाको क्षेत्रमा भारतले विश्व नेतृत्व लिन सक्ने मुकेशले उद्घोष गरेका छन् । सन् २०२६ मा ओलम्पिक खेल आयोजना गर्न आवश्यक पूर्वाधार निर्माणलगायत खेलाडीको प्रशिक्षण र तालीमको जिम्मासमेत रिलायन्स कम्पनीले लिएको देखिन्छ । आउने दिनमा अडानी ग्रूपले संसारको सयभन्दा ठूलो नवीकरणीय ऊर्जा पार्क गुजरातमा निर्माण गर्ने घोषणा गरेको छ । अम्बानी र अडानी ग्रूप निवेशको घोषणा उक्त विराट व्यापारिक मेलामा गरेका छन् । सन् १९३९ मा टाटा गू्रपको उद्भव गुजरातमा नै भएको थियो । टाटा केमिकलको नामबाट शुरू भएका टाटा ग्रूप संसारका कहलिएका व्यापारिक घराना हो । गुजरातको सनान्द भन्ने ठाउँमा २० गिगावाटको ब्याट्री कम्पनी स्थापना गर्ने उसले बताएको छ । सुरक्षा उपकरण र सेमिकन्डक्टरको क्षेत्रमा समेत टाटाले अग्रणी भूमिका खेल्ने संकल्प लिएको छ । सन् २०४७ सम्म ३० खर्ब अमेरिकी डलरको अर्थतन्त्र बन्ने महत्त्वाकांक्षा राखेको भारतका लागि टाटा कम्पनीले आफ्नो शैक्षिक संस्थानबाट प्रतिवर्ष २५ हजार प्रविधि कुशल जनशक्ति तयार गर्नेसमेत घोषणा गरेको छ । संसारमा स्टील उत्पादनको क्षेत्रमा महारथ प्राप्त मित्तल गू्रपले समेत गुजरात समिटमा आफ्नो गुरुयोजना सार्वजनिक गरेको छ । औद्योगिकीकरण, शहरी विकास सुरक्षा उपकरणलगायत वाहन निर्माणमा स्टीलको उपादेयता र उपयोगितामा महत्त्वपूर्ण हुन्छ । गुजरातमा संंसारको सबभन्दा ठूलो स्टील प्लान्ट स्थापना गर्ने दृढता मित्तल कम्पनीका अध्यक्ष लक्ष्मी मित्तलले व्यक्त गरेका छन् । निवेश नै उक्त कार्यक्रमको प्रमुख लक्ष्य रहेको छ । हालसम्म ९९९ अर्ब निवेश भारतमा भइसकेको छ । सन् २०२७ सम्ममा नै विश्वको तेस्रो अर्थतन्त्रका रूपमा भारत हुने कुरा मोदीको दृढताका साथ गुजरात समिटमा उद्घोष गरेका छन् । निवेशमैत्री वातावरण बनाउन नेतृत्वमा उच्च मनोबल अपरिहार्य देखिन्छ । विश्वको दोस्रो अर्थतन्त्र चीन र विश्वको पाँचौं अर्थतन्त्र भारतको बीचमा रहेको नेपालमा निवेशमैत्री वातावरणका लागि संस्थागत भ्रष्टाचारको सिन्डिकेटलाई निस्तेज गर्नुपर्छ । नेपालमा निवेशमैत्री वातावरण बनाउन उच्च मनोबल, आत्मघाती राष्ट्रवादको तिलाञ्जली, स्थायी सरकार र आशावादी सोचको टड्कारो आवश्यकता रहेको छ ।  लेखक विदेश मामिलाका अध्येता हुन् ।

आनीहरूलाई सामाजिक गतिविधिमा सरिक गराउन प्रशिक्षण

काठमाडौं : बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले आनी (भिक्षुणी) हरूलाई सामाजिक गतिविधिमा प्रेरित गराउने उद्देश्यका साथ थालेको दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बिहीवारबाट स्वयम्भूस्थित होटेल च्वाइसमा भएको गोष्ठीको समापनमा प्रशिक्षार्थीहरूबाट दुई दिनमा सिकेका ज्ञानहरू साटासाट गरेका थिए। सहभागीमध्येका आनी तेन्जिङ छेतेनले उत्प्रेरणा पाएकोले आत्मविश्वास बढेको बताइन्।…

नेपाल आए क्रिकेट प्रशिक्षक प्रभाकर, छोटो समयमै टिममा परिवर्तन देखाउने दावी

काठमाडौं । हालै नियुक्त नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले छोटो समयमै नेपाली टिममा परिवर्तन ल्याउने आत्मविश्वास दिलाएका छन् । क्रिकेट टिमको प्रशिक्षण सम्हाल्न शनिवार नेपाल आई पुगेका प्रभाकरले पत्रकारहरूसँग कुरा गर्दै नेपाली टिममा प्रतिभाको कमी नभएको बताएका छन् । उनले टिममा केहि कुरा सुधार मात्रै गर्नुपर्ने जुन कुरा सुधारेर नेपाली टिमको नेतृत्वका […]

नेदरल्याण्डसको प्रशिक्षणले अरुणामा बढेको आत्मविश्वास

१९ असार,काठमाडौं । नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही भखर्रै मात्र एक महिना लामो वैदेशिक प्रशिक्षण सकेर नेपाल फर्किएकी छिन् । यो प्रशिक्षणले उनमा प्राविधिक खेलनीतिका साथसाथै मनोवैज्ञानिक रुपले आत्मविश्वास बढाएको छ । २०७६ असोज अन्तिममा नेपाली महिला राष्ट्रिय भलिबल टोलीको कप्तानी सम्हालेकी अरुणा नेपालको सफल कप्तान हुन् । उनको कप्तानीमा नेपालले लगातार २ […]

आकर्षण ब्युटिपार्लरको

आदिमकालदेखि अहिलेसम्म नारी सौन्दर्यको वर्णनमा रत्तिभर कमी आएको छैन । नारी सौन्दर्यका लागि शृङ्गार (मेकअप)को विशेष भूमिका हुन्छ । शृङ्गारले नारीमा आत्मविश्वास पनि बढाउँछ । फेरि शृङ्गारका लागि समयअनुसारको सौन्दर्यकला जान्नुपर्छ । नारी जीवनमा सौन्दर्यकलालाई महìवपूर्ण विद्याको रूपमा लिइन्छ । पछिल्ला दिनमा त ब्युटिपार्लर जाने र मेकअप कलाकारबाट शृङ्गार गराउने चलन बढ्दो छ । मेकअप कलाकार बन्न भने त्यति सजिलो छैन । काम हेर्दा सजिलो देखिए पनि प्रक्रिया पु¥याएर ग्राहकको रोजाइको शृङ्गार तथा सौन्दर्य उपचार गर्नु चुनौतीपूर्ण काम हो । जसका लागि आवश्यक सीप चाहिन्छ । सीपका लागि तालिम तथा प्रशिक्षण लिनुपर्छ । तालिम तथा प्रशिक्षण लिएपछि यसको औपचारिक परीक्षण हुन्छ । परीक्षणमा उत्तीर्ण भएर प्रमाणपत्र लिएपछि यो व्यवसाय सुरु गर्न सकिन्छ ।

कोरोनाको कारण गुम्यो एसियन च्याम्पियनसिप खेल्ने अवसर

१ साउन काठमाडौं । पहिलो पटक पटक एसियन च्याम्पियनसिप खेल्ने अवसर, त्यसमा पनि एसियाका पावर हाउस मानिने राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न पाउने भएकाले खेलाडीहरु उत्साहित थिए । त्रिपुरेश्वर नजिकै होटलमा बसेर राखेप कभर्हलमा प्रशिक्षण सुरु भयो । दैनिक दुई पटक ट्रेनिङ गर्दै आएका खेलाडीहरूमा आत्मविश्वास पनि बढिरहेको थियो । नेपालले कम्तिमा ठूला टिमसँग खेल्ने अवसरलाई सदुपयोग […]

अडिसनमा मिस ईकलेज

अडिसन राउन्डमा सहभागिहरुको व्यक्तित्व, आत्मविश्वास र कम्युनिकेसन कलालाई कोरियोग्राफर रोजिन शाक्य र पूर्व मिस ईकलेज विजेता नितिका कर्माचार्यले मुल्यांकन गरेका थिए । अडिसन राउन्डमा चयन भएकाहरुको विभिन्न विषयमा करिब एक महिनाको प्रशिक्षण पश्चात फाइनल प्रतिस्पर्धा संचालन हुने बताइएको छ ।

आत्मविश्वासी बन्दै प्रतिमा

नेपाली महिला गल्फर प्रतिमा शेर्पाले एक महिनायता अमेरिकामा गरिएको प्रशिक्षण र प्रतियोगिता अनुभवले आत्मविश्वास बढेको बताएकी छन् ।