हावाहुरीसहितको असिना पानीका कारण क्षति

हावाहुरीसहितको असिना पानीका कारण आज तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी र आसपासका क्षेत्रमा खेतीबालीमा क्षति पुगेको छ ।      दिउँसो ३ः०० बजेतिर असिनासहित, हावाहुरी र पानी आएपछि कृषकले लगाएको गोड्ने बेला भएको मकै, तरकारी बालीका साथै वर्षात्को समयलाई लक्षित गरी लगाइएका घिरौँला, करेला, काँक्रो, फर्सी लौका, चिचिन्डोलगायतका लहरेबालीका बिरुवा समेतमा क्षति पुगेको स्थानीयवासी उमादेवी भट्टराईले जानकारी दिइन्  । असिनाका कारण फुल्दै गरेका सुन्तला, निबुवा, कागतीलगायतका बोट बिरुवालाई पनि...

सम्बन्धित सामग्री

माग्दीमा भीषण असिना, हिउँदे बालीमा ठूलाे क्षति

म्याग्दीमा साेमबार साँझ परेको भीषण असिना पानीले हिउँदे बालीलाई क्षति पुर्‍याएको छ ।

वर्षासहितको असिनाले बालीनालीमा क्षति

ताप्लेजुङ – ताप्लेजुङमा बुधबार साँझ वर्षासहित परेको असिनाले हिउँदे बालीनालीमा क्षति पुर्‍याएको छ । सदरमुकाम फुङलिङसहित जिल्लाका अधिकांश क्षेत्रमा साँझदेखि बेलुकासम्म हावाहुरी र मेघगर्जनसहित असिना परेको थियो । केही ठाउँमा फाट्टफुट्ट असिना परेको छ भने तिरिङ्गे, सिकैँचा, थुम्बेदिनलगायतका क्षेत्रमा बालीनालीमा क्षति पुग्ने गरी असिना परेको स्थानीय सागर इजमले जानकारी दिए । हावाहुरीसहित परेको असिनाका कारण […]

हावाहुरीसहित परेको असिना पानीले बालीनालीमा क्षति

पर्वत ।  पर्वतका विभिन्न गाउँमा शुक्रवार दिउँसो हावाहुरी सँगै परेको असिनाले  किसानले लगाएको बालीनाली सखाप पारेको छ । हावाहुरी सँगै आएको असिना पानीले किसानले लगाएको हिउँदै बाली सँगै लहरे (काक्रा, लौका, घिरौँला र करेला) बालीमा क्षति पु¥याएकोे हो ।असिना पानीले पर्वतको दक्षिण क्षेत्रमा पर्ने बिहादी र पैयुँ गाउँपालिका केही भागमा बढी क्षति पु¥याएको छ । […]

डोटीमा परेको असिना पानीले गहुँ लगायतका बालीमा क्षति

डोटी – डोटीमा गएराति परेको असिना पानीले ठूलो मात्रामा गहुँ लगायतका बालीमा क्षति पुर्‍याएको छ । ठूलो असिना पर्दा गहुँ, जौँ, मुसुरो, तोरी तथा तरकारी खेतीका साथै फलफूल खेतीमा क्षति भएको किसानहरु बताउछन् । बाली पाकेर भित्र्याउने समय हुनै लाग्दा परेको असिनाले बालीमा क्षति पुर्‍याउँदा किसान चिन्तित भएका स्थानीयवासी भरतबहादुर विकले बताउनुभयो । उहाँका अनुसार असिना पानी जिल्लाका नौवटै पालिकामा क्षेती गरेको भए पनि सबै भन्दा धेरै क्षति बोगटान फुड्सिल गाउँपालिकामा भएको छ । यसैगरी सुन्तलाक...

हावाहुरीसहित परेको असिना पानीले केरा खेतीमा क्षति

बुटवल- शनिबार र राति आएको आएको हावा हुरी सहितको असिना पानीले कपिलवस्तुका विभिन्न ठाउँमा कृषकले लगाएको केरा खेतीमा ठुलो क्षति पुर्‍याएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर १ उपटहवा उतमनगरमा शंकर पाण्डेले लगाएको केरा खेतीमा पनि ठूलो क्षति पुर्‍याएको छ  भने लाखौँको नोक्सानी भएको छ । करिब १० कठ्ठा जमिनमा लगाएको  २ सय केराका घार भुईँमा ढलेका […]

ठुलोलुम्पेकमा असिना र पानी, किसानको बाली नष्ट

अविरल वर्षासँगै आएको असिनाले गुल्मीको सत्यवती गाउँपालिका ३, ठुलोलुम्पेक गाउँका किसानहरूको खेतीपातिमा क्षति पुर्याएको छ । बुधबार दिउँसो वर्षासँगै आएको असिनाले ठुलोलुम्पेक गाउँका किसानले लगाएको खेतीमा ठूलो क्षति पुर्याएको हो । असिना–पानीले स्थानीय इन्द्रबहादुर विकको पूर्णिमा अर्गानिक कृषि तथा पशुपंक्षी फर्मको तरकारी खेती नष्ट भएको छ । त्यहाँ करिब पाँच लाख बराबरको क्षति भएको उनले बताए । विकका दर्जनौ कुखरा समेत मरेका छन् । त्यस्तै असिनाले अन्य कृषकहरुले लगाएका तरकारी र गहुँ खेतीमा क्षति पुर्या

पोखरामा परेको असिना–पानीले ११ करोड क्षति

काठमाडौँ – पोखरामा गत आइतबार परेको भीषण असिना–पानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ । बाक्लो असिना पानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफुलसहित बालीनाली नष्ट भएका छन् । पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले पोखरा वडा नम्बर ९, ११, १३ र […]

असिना पानीले कास्कीमा हिउँदे तरकारी र तोरीमा बढी क्षति

काठमाडौँ – पोखरासहित कास्कीका विभिन्न क्षेत्रमा आइतबार परेको भीषण असिना–पानीका कारण हिउँदे तरकारी तथा तोरी बालीमा क्षति पुगेको छ। असिना–पानीले १५ देखि २० लाख रुपैयाँ बराबरको तरकारीबाली तथा तोरीमा क्षति गरेको प्रारम्भिक आँकलन कृषि ज्ञान केन्द्र कास्कीले गरेको छ। केन्द्रका प्रमुख शालिकराम अधिकारीका अनुसार आइतबार दिउँसो करिब १५ मिनेट परेको भीषण असिना–पानीले अन्नपूर्ण र माछापुच्छ्रे […]

हावाहुरीसहितको असिना पानीका कारण क्षति

गण्डकी । हावाहुरीसहितको असिना पानीका कारण आज तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी र आसपासका क्षेत्रमा खेतीबालीमा क्षति पुगेको छ । दिउँसो ३ः०० बजेतिर असिनासहित, हावाहुरी र पानी आएपछि कृषकले लगाएको गोड्ने बेला भएको मकै, तरकारी बालीका साथै वर्षात्को समयलाई लक्षित गरी लगाइएका घिरौँला, करेला, काँक्रो, फर्सी लौका, चिचिन्डोलगायतका लहरेबालीका बिरुवा समेतमा क्षति पुगेको स्थानीयवासी उमादेवी भट्टराईले जानकारी दिनुभयो । असिनाका कारण फुल्दै गरेका सुन्तला, निबुवा, कागतीलगायतका बोट बिरुवालाई पनि क्षति पु¥याएको उहाँले बताउनुभयो । असिनासँगै केही बेर मेघगर्जनका साथ पानी परेपछि दुलेगौडा हुँदै साँखे जाने मोटरबाटोअन्तर्गत ढोरफिर्दीस्थित बराहखोलामा पानी बढेपछि झण्डै एक घण्टा सवारीसाधन आवतजावत पनि ठप्प भएको अर्की स्थानीय सुष्मा पोखेरेलले जानकारी दिनुभयो । उहाँका अनुसार खोलामा पानी बढेपछि विद्यार्थी लिएर फर्केका स्कूल बससमेत झण्डै एक घण्टासम्म रोकिनुपरेको थियो । ठूलो पानी पर्नुका साथै वर्षात्को समयमा बराह खोला बढ्दा सवारीसाधन नै रोकिनुपर्ने समस्याबाट सर्वसाधारण समय–समयमा ग्रसित बन्ने गरेको उल्लेख गर्दै उहाँले यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । दुलेगौँडाबाट ढोरफिर्दी हुँदै मान्द्रे, छब्दीदेउराली, साँखे, राइपुर, मग्यम चिसापानी, सालडाँडालगायतका स्थान जाने बाटो यही भएका कारण बराहखोलामा तत्काल मोटरेबल पुल हाल्नुपर्ने देखिएको स्थानीयवासीले बताए । (रासस)

हावाहुरीसहितको असिना पानीका कारण क्षति

गण्डकी । हावाहुरीसहितको असिना पानीका कारण आज तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी र आसपासका क्षेत्रमा खेतीबालीमा क्षति पुगेको छ । दिउँसो ३ः०० बजेतिर असिनासहित, हावाहुरी र पानी आएपछि कृषकले लगाएको गोड्ने बेला भएको मकै, तरकारी बालीका साथै वर्षात्को समयलाई लक्षित गरी लगाइएका घिरौँला, करेला, काँक्रो, फर्सी लौका, चिचिन्डोलगायतका लहरेबालीका बिरुवा समेतमा क्षति पुगेको स्थानीयवासी उमादेवी भट्टराईले […]