राम्रो मसलका लागि व्यायाम गर्ने कुरा त सबैलाई थाहै छ । तर राम्रो निद्राका चाहिएमा पनि व्यायामले सहायता गर्छ भन्ने कुरा धेरैका लागि नौलो हुन सक्छ ।
निद्रामा ध्यान दिएन भने मांसपेशीको विकास हुन पाउँदैन । अधुरो निद्राले सम्पूर्ण स्वास्थ्यलाई नै असर पार्छ ।
इन्स्टिच्युट अफ ह्युमन मुभमेन्ट सायन्स एन्ड स्पोर्टका अनुसन्धानकर्ताहरूले सुत्नुभन्दा चार घन्टाअघि व्यायाम गर्दा गजबको निद्रा आउने बताएका छन् ।
उनीहरूले बेलुका व्यायाम गर्दा वा खेल खेल्दा स्लीप क्वालिटीमा सकारात्मक प्रभाव पर्ने बताए ।
अनेकौं अनुसन्धानक...