काठमाडौं— आधुनिक जीवनशैलीका कारण राम्रो निद्रा के हो भन्ने मानिसले भुलिसकेका छन् । अधूरो निद्रा नै आजभोलिका मानिसको यथार्थता हो । निद्रा नपु–याउँदा स्वास्थ्यलाई नराम्रो असर पुग्छ । यहाँ हामी निद्रा ल्याउने प्रभावकारी उपाय बताउँछौं ।
यो प्रक्रिया गर्दाखेरी शुरुमा हुश आवाज निकाल्दै मुखले सास छोड्नुस् अनि पछि मुख बन्द गरेर बिस्तारै नाकबाट सास तान्नुस् । अनि फेरि सात गन्दासम्म सास रोक्नुस् । अनि आठ गन्दाखेरी मुखबाट सास छोड्नुस् ।
त्यसैगरी फेरि सास तान्नुस्, केही सेकेन्ड रोक्नुस् र मुखबाट छोड्नुस् । यो प्रक्रियालाई तीन च...