काभ्रेमा स्वास्थ्यचौकी निर्माणका लागि जापानी सहयोग

नेपालको आर्थिक, सामाजिक र शैक्षिक विकासमा ठूलो सहयोग गर्दैआएको जापानले काभ्रेपलाञ्चोकमा स्वास्थ्यचौकी निर्माणका लागि करिक डेढ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । सो सहयोग परियोजनाको सम्झौतामा नेपालका लागि जापानी राजदूत किकुता युताका र सशक्तिकरण समाज नेपालका अध्यक्ष मनोजराज पन्तले हस्ताक्षर गर्नुभएको छ । जापानको ग्राण्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजीपी)अन्तर्गत रु एक …

सम्बन्धित सामग्री

सिन्धुलीमा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि जापानी सहयोग

काठमाडौँ - सिन्धुलीमा नयाँ स्वास्थ्य चौकी निर्माणका लागि नेपाल र जापान सरकारबीच सहमति भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासमा आज स्वास्थ्य चौकी निर्माणका लागि हस्ताक्षर भएको हो ।   जापानका राजदूत किकुता युताका र  सहकार्य नेपालकी सिरमला तामाङले अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् । स्वास्थ्य चौक...

सिन्धुलीमा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि जापानी सहयोग

काठमाडौँ - सिन्धुलीमा नयाँ स्वास्थ्य चौकी निर्माणका लागि नेपाल र जापान सरकारबीच सहमति भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासमा आज स्वास्थ्य चौकी निर्माणका लागि हस्ताक्षर भएको हो ।   जापानका राजदूत किकुता युताका र  सहकार्य नेपालकी सिरमला तामाङले अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् । स्वास्थ्य चौक...

निषेधाज्ञामा पनि रोकिएन  एतिहासिक सम्पदाको पुनर्निर्माण

वैशाख ३०, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्र (हनुमानढोका क्षेत्र) का ऐतिहासिक सम्पदा पुनर्निर्माणका काम पहिलेकै गतिमा भइरहेका छन् । विश्वभरि फैलिएको कोभिड–१९ महामारीका कारण यही वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित अन्य जिल्लामा सरकारले निषेधाज्ञा जारी गरेको भए पनि यहाँको ऐतिहासिक सम्पदाको पुनर्निर्माणको काम नियमितरूपमा भइरहेको छ ।            निषेधाज्ञाकै बीच कामदारले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै पुनर्निर्माणको काम गरिरहेका छन् । गोरखा भूकम्पका कारण ५८ ओटा सम्पदामा क्षति भएको थियो । तीमध्ये अहिले २७ ओटा सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । यहाँ रहेका ७० ओटा सम्पदामध्ये १२ ओटामा भूकम्पले क्षति गरेको थिएन । आगम्छे मन्दिर, मोहनकाली र नागपोखरीसँगै रहेको शिव मन्दिरको पुनर्निर्माण शुरु हुन बाँकी छ ।            फरासखाना, राणाकालीन सेतो भवन, त्रिभुवन स्मृति भवन र नौतले दरबारलगायतका ११ ओटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए। हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनर्निर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको हेरचाह अड्डाले बताएको छ ।            यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनर्निर्माण सम्पन्न भइसकेको छ । जगन्नाथ र गोपीनाथ मन्दिर वाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनर्निर्माण भइरहेको छ । नासलचोक पश्चिमको राणाकालीन सेतो भवन र नासलचोक तथा गद्दी बैठकबीचको भवन पनि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमार्फत पुनर्निर्माण भइरहेको छ । आगम्छे र शिव मन्दिर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ । मोहनकाली चोक, मूलचोक, नासल चोकलगायतका चोक यहाँका अन्य महत्वपूर्ण सम्पदा हुन् ।            विगत तीन महीनाअघि पुनर्निर्माणका लागि आवश्यक पर्ने लामा काठको अभाव भएको भन्दै पुनर्निर्माणको काममा समस्या भएको थियो । अहिले आवश्यक पर्ने काठ आइपुगेको र आयातमा सहज भएपछि निर्माणको कामले पुनः गति लिएको हो । ठूला र लामा काठ अभावमा यस क्षेत्रको नौतले दरबार र १० अवतार मन्दिरको काम अवरुद्ध भएको थियो । अहिले ती दुवै सम्पदा निर्माणको काम तीव्ररूपमा भइरहेको छ । यी दुवै सम्पदा निर्माणका लागि १० फिटभन्दा लामा काठ आवश्यक परेको थियो ।            निर्माणको चरणमा रहेको ऐतिहासिक नौतले दरबारको निर्माणको काम ८० प्रतिशत र १० अवतार मन्दिरको ७० प्रतिशत काम सम्पन्न भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख खनालले जानकारी दिए । भूकम्पका कारण क्षति भएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खोलिने भएको छ । अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले पुनर्निर्माण गरेको गद्दी बैठक विसं २०७५ असारमा नै नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गर्नुभएको थियो ।            विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठककक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा विसं १९६५ मा वसन्तपुर दरबारमा यूरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरिएको थियो ।  काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा            हनुमानढोका क्षेत्रको अर्को महत्वपूर्ण सम्पदाका रूपमा रहेको काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको कामअन्तर्गत अहिले ९० प्रतिशतभन्दा बढी काम सकिसकेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए। अहिले छानो छाउने काम भइरहेको छ । छानाका लागि आवश्यक पर्ने केही अपुग काठ ल्याउने प्रक्रियामा रहेकाले निर्माणको काम केही बाँकी रहेको हो ।            यस सम्पदाको पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौं महानगरपालिकाले पुनर्निर्माण समितिलाई आवश्यकतानुरूप रकम हस्तान्तरण गरिरहेको छ । पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ घनफिट काठ आवश्यक पर्दछ ।रासस

थानकोट–नागढुंगा सुरुङमार्ग निर्माणमा छ वटा कम्पनीको चासो

काठमाडौं : राजधानी भित्रिने मुख्य नाकाका रुपमा रहेको थानकोट–नागढुंगा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आधा दर्जन विदेशी कम्पनीले बोलपत्र भरेका छन्। जापानी सहयोग नियोग (जाइका)को सहयोगमा निर्माण गरिने उक्त सडकमार्ग निर्माणका लागि गरिएको ‘ग्लोबल टेन्डर’मा चिनियाँ र जापानी छ कम्पनीले बोलपत्र भरे...