बाँके – बाँकेको डुडुवा गाउँपालिकाले आर्थिक वर्ष सुरु भएको ६ महिनापछि नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको छ । असारभित्र बजेट पारित गरिसक्नुपर्ने भए पनि डडुवाले मंगलबार १२औँ गाउँसभाबाट ६५ करोड ३१ लाख ९३ हजारको बजेट पारित गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले शिक्षा, स्वास्थ, स्वरोजगार, कृषि, विकास निर्माण, वन तथा वातावरण लगायतको १८ […]
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका जनप्रतिनिधिबीच लामो रस्साकस्सीपछि अन्ततः नगरसभाबाट बजेट पारित भएको छ । आपसमा भागबण्डा नमिलेपछि दुई दलबीच चर्किएको द्वन्द्वका कारण बजेट पारित गर्न समस्या भएको थियो ।मंगलबार भागबण्डा मिलाउन दुवै पक्ष सकारात्मक भएपछि बजेट पारित भएको हो । विषयगत समितिहरुमा नेपाली काँग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको भागबण्डा मिलेपछि बजेट पारित गरिएको छ । नगरसभाले आर्थिक वर्ष २०७९/८० का लागि उपप्रमुख जगेश्वरी चौधरीद्वारा प्रस्तुत १ अ
काठमाडौँ । मधेस प्रदेश सरकारले शनिबार आगामी आर्थिक वर्ष २०७९-८० को बजेट पारित गर्ने तयारी गरेको छ। शुक्रबार विभिन्न मन्त्रालयका बजेटमाथिको छलफल सकिएसँगै शनिबार बजेट पारित गर्न लागिएको हो। प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकबाट बजेट पारित गर्ने कार्यसूची रहेको जानकारी दिए। प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्षका लागि […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजेट पारित भएको छ । शुक्रबारको नगरसभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको हो । १० असारमा महानगरले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो । तीन चरणमा छलफल भएपछि संशोध सहित बजेट सर्वसम्मत पारित भएको महानगरले जनाएको छ । वडाबाट छलफलविना बजेट पारेको भन्दै […]
२४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट पारित भएको छ । शुक्रबारको नगरसभाबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको हो । १० असारमा महानगरले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो । तीन चरणमा छलफल भएपछि संशोध सहित बजेट सर्वसम्मत पारित भएको महानगरले जनाएको छ । वडाबाट छलफलविना बजेट […]
१९ असार, विराटनगर । प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ल्याएको बजेट पारित भएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकबाट बहुमतले बजेट पारित भएको हो । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको बजेट ल्याएको छ । विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको शनिबार मुख्यमन्त्री […]
जुम्लाका आठैवटा स्थानीय तहमध्ये पहिलो तातोपानी गाउँपालिकाको बजेट पारित भएको छ । आइतबार बसेको पालिकाको ११औं गाउँसभाबाट आगामी आव २०७९/०८० को बजेट पारित भएको हो । १ देखि ८ नम्बर वडाको बजेटमाथि दफाबार छलफल तथा गाउँसभा सदस्यको टिप्पणीसहित सभाअध्यक्ष नन्दप्रसाद चौलागाईंको सम्बोधनपछि ११औं गाउँसभाबाट बजेट पारित भएको तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोध र नाराबाजीबीच सोमबार प्रतिनिधि सभाबाट चालू आर्थिक वर्ष २०७८-७९ का लागि विनियोजित बजेट पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले राखेको प्रस्ताव बहुमतले स्वीकार गरेपछि बजेट पारित भएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले […]
The post अवरोध र नाराबाजी बजेट पारित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
गण्डकी प्रदेशमा बजेट पारित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सरकारले बजेट पारित गरेको हो । बुधबार प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल प्रारम्भ भएपछि प्रतिपक्षी सांसदले वेल घेराउ गरेका थिए ।प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्ने कार्यसूची थियो । तर, बैठक सुरु हुने वित्तिकै नेकपा एमालेका सांसदले रोस्टम घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेका थिए । त्यसपछि पुनः शुरु भएको बैठकमा पनि एमालेले बेल घेराउ गरेपछि प्रति
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको ०७८।७९ का लागि प्रस्तुत बजेट पारित भएको छ। असार १० गते ९ औं नगरसभामा उपप्रमुख उमा थापा मगरले प्रस्तुत गरेको एक अर्ब ५४ करोड ७७ लाख रुपैयाँको प्रस्तावित बजेट आइतबारको नगरसभाले पारित गरेको हो। बजेट पारित भएपछि नगरप्रमुख डा. धवलशमशेर राणाले चार वर्षको अवधिमा नेपालगञ्जमा विकास निर्माणले उल्लेख्य गति लिएको भन्दै […]