राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्ने आधार उचित लागेन : वरिष्ठ अधिवक्ता महतो

काठमाडौं। वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानमन्त्री नियुक्त गर्नका लागि एउटा दलको सांसद अर्कोमा गएर मिलेपछि राष्ट्रपतिलाई आधार उचित नलागेको तर्क राखेका छन्। “दलको सदस्य भएपछि त्यो दलको निर्णय मान्नुपर्छ। आधार पनि कानूनसम्मत चाहिन्छ, एउटा टिमको खेलाडी मेरो टिममा ल्याएको छु, मान्यता देउभन्दा राष्ट्रपतिलाई आधार लागेन,” आज संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस गर्दै वरिष्ठ अधिवक्ता महतोले भने।

सम्बन्धित सामग्री

ओलीले संसद विघटन गर्नै पाउँदैनन्: वरिष्ठ अधिवक्ता पण्डित

काठमाडौँ- दोस्रो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १४६ जना सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै दायर गरेको रिट निवेदन अन्तिम सुनुवाइका क्रममा छ। निवेदक, विपक्षी र एमिकए क्युरीलाई दिएको ३२ घण्टामध्ये आइतबार बहस सकिँदा अब जम्मा चार घण्टा मात्रै बहस हुन बाँकी छ। त्यो पनि निवेदक […]

प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको विशेषाधिकार होः वरिष्ठ अधिवक्ता पन्त

काठमाडौं। वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय शासन पद्धतिमा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिको विशेषाधिकार भएको तर्क गरेका छन्। संवैधानिक इजलासमा आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वहस गर्दै उनले भने, “संविधानको धारा ७६(५) अनुसारको सरकार गठनमा दलीय ह्वीप नलाग्ने कुरा सही होइन, संविधानको धारा ७६ (५) निर्दलीय हुन्छ? त्यहाँ लेख्नुपर्दैन ? धारा ७६(५) मा निर्दलीय हुन्छ भनेर लेखेको छ र?”