साेलुखुम्बु – सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकै रहेको हरियाली सामुदायिक वनमा लागेको डढेलो निभाइएकाे छ । गएकाे आइतवार रातिदेखि सुरु भएको डढेलो आज बुधवार दिउँसो निभाउन सफल भएको खुम्बुपासाङल्हामु गाउँपालिकाका कार्यवाहक अध्यक्ष टासी ल्हामु शेर्पाले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको पहलमा डढेलो निभाइएकाे हो । आगो निभाउनका लागि गएकाे सोमवारदेखि हेलिकप्टरको पनि प्रयोग गरिएको थियो । हेलिकप्टरले ८४ हजार लिटर पानी प्रयोग गरेर डढेलो निभाएको शेर्पाले जानकारी दिनुभयो । डढेलो...