तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा व्यावसायिकरूपमा तरकारी खेती हुन्छ । यहाँका करिब ५०० भन्दा बढी कृषकले व्यावसायिकरूपमा तरकारी खेती गर्छन् । उत्पादित तरकारी तनहुँभन्दा पनि बाहिरी जिल्लामा बढी मात्रामा निर्यात हुने गरेकामा लकडाउनपछि उत्पादित तरकारीले बाहिरी जिल्लामा बजार पाएको छैन । बाहिरी जिल्लामा तरकारी निर्यात नभएपछि तरकारी कृषक सङ्गठित भएर स्थापना भएको मिलीजुली कृषि उत्पादक कृषि सहकारी संस्थाले जिल्लाभित्रै तरकारी बिक्री वितरण सुरु गरेको छ ।